fbpx

नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न प्रेम सुवालको माग

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले २६ पुसमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबभन्दा ठूलो पार्टी आफ्नो दल भएको बताउनुभयाे । उहाँले भन्नुभयाे, कानुनी व्यवस्था अनुसार प्रमुख प्रतिपक्षी पार्टी नेमकिपा हो ।’

संघीय कानुन बमोजिम विपक्षी दल तोकेर मात्र संसद चलाउनुपर्ने उहाँको माग छ । सत्ता पक्षसँग पदको साझेदारी गर्ने दल प्रमुख प्रतिपक्षी बन्न नसक्ने भन्दै उहाँले भन्नुभयाे, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिम शैलीको संसदीय व्यवस्था समाप्त भयो, पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न जरुरी छ ।’

चीनमा चिनियाँ कम्युनिस्ट पार्टी बाहेक ८ वटा दल रहेको र उनीहरुलाई सरकारका सहयोगी दल भन्ने गरिएको भन्दै उहाँले नेपालमा पनि यस्तै राजनीतिक प्रणाली ल्याउन खोजिएको हो भनेर प्रश्न गर्नुभएकाे छ ।


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन