fbpx

पुलिसका प्रिन्स र बिष्णु राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिताकाे प्रिक्वाटरमा

author

समाचारपाटी

२ years अगाडि

नेपाल पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रिन्सले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् । यस्तै पुलिसकै बिष्णुले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका साहिल शेखमाथि २१–७, २१–५ को सहज जित हात पारे ।

यस्तै अन्तिम १६ प्रवेश गर्ने क्रममा सेनाका नरेन्द्र बम, पुलिसका सुनिल जोशी, एपिएफका देवराज राना, सेनाका प्रफुल महर्जन एपिएफका क्षितिज खनाल, पुलिसका जीवन आचार्य, सेनाका कविर के।सी।, एपिएफका रोशन साउद, सेनाका रुकेश महर्जन, एपिएफका अमन महर्जन, पुलिसका दीपक बोहरा, सेनाका पविन लिनथेप, एपिएफका विजीत थापा मगर र सेनाका हिमाल चन्द रहेका छन् ।

नरेन्द्रले एपिएफका अरुण अधिकारीलाई २१–१५, २१–११, सुनिलले सुनसरीका प्रविण तामाङलाई २१–८, २१–१२, देवराजले संखुवासभाका पवन राना मगरलाई २१–४, २१–८, प्रफुलले मेहरमान बहुउद्धेश्य कभर्डहलका नविन सुवाललाई २१–१६, २१–९, क्षितीजले सुनसरीका मुनाहाङ्ग राईलाई २१–११, २१–९, जीवनले बेलटार ब्याडमिन्टन एकेमेमीका केनिश मगरलाई २१–८, २१–१२,कविरले एपिएफका प्रनिश सिंह ठकुरीलाई २१–१७, २१–१६, रोशनले काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका बविश थापालाई २१–११, २१–१५, रुकेशले मोरङ्गका बिवेक चौधरीलाई २१–१७, १८–२१, २१–१४, अमनले सुनसरीका प्रशन्न राईलाई २१–१७, २१–१३, दीपकले ताप्लेजुङ्गका प्रेम लिम्बुलाई २१–१६, २१–१०, पविनले बेल्टार ब्याडमिन्टन एकेडेमीका विनय चौधरीलाई २१–१७, २१–१५, विजीतले संखुवासभाका गोरख चौहानलाई २१–७, २१–७ ले तथा हिमाल चन्दले सुनसरी ब्याडमिन्टन एकेडेमीका रोधा राईलाई २१–१७, २१–१६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरेका हुन् ।

ब्वाईज १३ तर्फको प्रतिस्पर्धामा जित निकाल्दै काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, सुनसरी ब्याडमिन्टन एकेडेमीका अनुज कार्की, कैलालीका आदित्य चौधरी, बविन राई, खोटाङ्गका सुयोग खड्का, एनपिएस काभ्रेका प्रनिश कार्की, नवाङ्ग राई, सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रतिक मगर, भोजपुरका त्याबुङ्ग राई पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भए ।
२८ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल र युगल, महिला एकल र युगल, मिक्स युगल, छात्र र छात्रा यु– ११, १३ र १५, भेट्रान ४५ र ५५ गरि १३ विधामा २५३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि प्रतियोगिताको प्रदेश नं। १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले उद्घाटन गरेका थिए ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन