fbpx

‘प्रदेश र संघका सांसदहरुलाई उपस्थित हुन संसदीय अनुशिक्षण दिने निर्णय गरेका छौँ’:-राजेन्द्रप्रसाद लिङदेन

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । सरकारले कृषि मलमा कटौति गरेको अनुदानका बिरुद्धमा बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘बैठकले संसदीय दलको विधान पारित गरेको छ । विधान बमोजिम संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको छ । आजको बैठकमा संसदमा कसरी पेस हुने विषय र विभिन्न विधेयकको विषयमा व्यापक रुपले छलफल गरेको छौँ । संसदीय अभ्यासका बारेमा प्रदेश र संघका सांसदहरुलाई उपस्थित हुन संसदीय अनुशिक्षणका दिने निर्णय गरेका छौँ ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा फरक मत राख्ने बताउनु भयो । उहाँले यो विधेयक एक पक्षीय रहेको बिद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाउनु भयो । उहाँले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सम्बन्धी फरक मत राख्नेछ । यो विधेयक एक पक्षीय छ । खासगरी बिद्रोही पक्षको लागि मात्रै छ । द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आम पीडित जनाको पक्षमा सम्बोधन छैन । यसमा हामी संसदमा व्यापक छलफल गर्नेछौँ ।’

पार्टीले संघीय र प्रदेश सांसदहरुलाई संसदमा उपस्थिति जनाउनेबारेमा प्रशिक्षण दिने निर्णय पनि गरेको छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन