‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । फिल्म 'गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गर्नुभएकाे छ । बिहिबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गर्नुभएकाे हाे ।

कार्यक्रममा उहाँले फिल्म एकदमै राम्रो बनेको समेत दाबी गर्नुभयाे । गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउँछन्’ शाहीले भन्नुभयाे, फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउछ ।’ शाहीले पैसा फिर्ताका लागि टिकटको कपी सहित आफुलाई सम्पर्क गर्न सक्ने समेत सुनाउनुभयाे ।

कार्यक्रममा फिल्मको नयाँ ट्रेलर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायतको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । २ मिनेट ४६ सेकेन्डको ट्रेलर दर्शक लोभ्याउन सफल देखिन्छ ।

आगामी २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म प्रेमकथामा बनेको हो । फिल्मलाई अष्ट महर्जनको निर्देशन गर्नुभएकाे हाे । सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही,निरुता स्याबतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ,अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । कार्यक्रममा निर्देशक अष्ट महर्जनले फिल्म निर्माणमा आफुले कुनै कसुर बाँकी नराखेको बताउनुभयाे । मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा
खन्याएको छु’ निर्देशक महर्जनले भन्नुभयाे । आफु लामो समयदेखि फिलम क्षेत्रमा एक्सन बिधामा कार्यरत भएपनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको फिल्म बनाएको बताउनुभयाे ।

डेब्यु हिरो प्रितमराजले फिल्मको कथा राम्रो भएकोले आफुले डेब्यु गरेको बताउनुभयाे । उहाँले फिल्मबाट आफु स्थापित हुने विस्वास ब्यक्त गर्नुभयाे । त्यस्तै अर्का अभिनेता करिब खड्काले पनि फिल्म राम्रो बनेको बताउनुभयाे । उहाँले प्रेमकथा फिल्म बनेपनि सबै खालका दर्शकका लागि फिल्म उपयुक्त रहेको धारणा राख्नुभयाे ।

कार्यक्रममा अभिनेत्री सारा सिर्पालीका भने उपस्थिती थिएन । सारा अहिले दुवईमा भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण युनिटले जानकारी दियो । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

http://CN2VABlhUJ0CN2VABlhUJ0


काठमाडौं

बुधबार, असार ४, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद प्रकाश ज्वाला

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन