fbpx

मातृसेवा प्रतिष्ठानद्वारा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेनदार विद्यार्थीको लागि विभिन्न नाममा छात्रवृत्ति वितरण गरेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार पोखरामा आयोजित कार्यक्रममा समता शिक्षा निकेतन र आनन्दज्योति माविका करिब २ सय जना विद्यार्थीलाई करिब १२ लाँख रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिएकाे हाे ।

कुनै पनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १ सय ९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत १० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्व मन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिनुभयाे । प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभरका गरी ६ सय २५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको पाण्डेले बताउनुभयाे ।

यसपालि समताका कक्षा नर्सरीदेखि ९ सम्मका गरी प्रतिविद्यार्थी ४ हजार र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय र आनन्दज्योतिका जेटिए पढ्ने प्रतिविद्यार्थीले १५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

छात्रवृत्ति रकम वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राज्यको नीति नै भएकोले गण्डकी प्रदेश सरकारले पनि यस अभियानलाई अघि बढाउन सहयोग गर्ने बताउनुभयाे । उहाँले सधैंभर माता, पिता र गुरुको सम्मान गर्नुपर्नेमा पनि जोड दिनुभयाे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेय, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरे लगायतले मातृसेवा प्रतिष्ठानको कार्यको प्रशंसा गर्नुभएकाे थियाे ।

प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक खेम सारु र स्वागत समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले गर्नुभएकाे थियाे । पोखराको समतामा हाल १ हजार बढी विद्यार्थी रहेकोमा छात्रवृत्ति रकमले विद्यार्थीलाई पठनपाठनमा सहयोग मिल्ने समता स्कुलका प्राचार्य झलकप्रसाद पौडेलले बताउनुभयाे । कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेलको पनि उपस्थिति थियो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष समाजसेवी हरि पाण्डेले छात्रवृत्तिको सदुपयोग गरी स्वास्थ्य, विचार र सम्पत्तिलाई जोड दिंदै राष्ट्रको लागि योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाए । २०३५ सालमा पहिलोपल्ट पोखरा प्रवेश गरेको स्मरण गर्दै उनले आफू अहिलेको अवस्थामा आइपुग्न कही न कही समाजको भूमिका रहेको भन्दै छात्रवृत्ति वितरण अभियानलाई निरन्तरता दिएको बताउनुभयाे । यसअघि उहाँले जन्मभूमि पाल्पामा रम्भादेवी छात्रवृत्ति र कास्कीमा कर्मभूमि छात्रवृत्ति प्रदान गर्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन