fbpx

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्योः माधवकुमार नेपाल

author

समाचारपाटी

१ हप्ता अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताउनु भयो । उहाँले हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हुनुपर्ने बताउनु भयो । उहाँले समस्याहरुको पहिचान गर्ने, अनुसन्धान गर्ने कुरामा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताउनु भयो । उहाँले गेम चेन्जिङ प्रोजेक्टहरुको छनोट गर्न नसकेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या के हुन् ? त्यो समस्याहरुलाई हामीले पहिल्याउन सकेका छौँ की छैनौँ । यो जम्मै पक्षहरुमा जसरी हामीले अझै  ध्यान दिनुपर्ने हो, अझै पुगेको छैन की जस्तो लागेको छ । हामी हचुवा पाराले काम गर्छौं । देशभरका जतिपनि ७४३ वटा पालिका छन् । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ । त्यसको निम्ति कतै हाम्रो अध्ययन र अनुसन्धान गर्ने क्षेत्रमा जति ध्यान दिनुपर्ने हो, राज्यले त्यसमा जोड दिनुपर्ने हो, त्यसमा त्यति ध्यान नदिएको महशुस मलाई लाग्छ । बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हो । अनुसन्धान गर्ने कुरामा । समस्याहरुको पहिचान गर्नेकुरामा खर्च गर्नुपर्छ । जति धेरै विज्ञहरुलाई, जति धेरै त्यस क्षेत्रका जानकारलाई परिचालित गर्नसक्यौँ, त्यति धेरै हामी सही निस्कर्षमा पुग्न सक्छौँ । यस क्षेत्रमा अझै पनि अपेक्षित मात्रामा हाम्रो ध्यान पुगेको छैन । हामीले हवाई मैदान त बनायौँ, तर जहाँ बनाउनुपर्ने हो, पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छैन, गेम चेन्जिङ प्रोजेक्ट केके हुन् त ? प्रत्यक्ष प्रभाव पार्नसक्ने क्षेत्र कुनकुन हुन्, त्यसको अध्ययन हामीले गर्नसक्यौँ की सकेनौँ । मैदान होस् वा चाहे अरु कुनै क्षेत्रमा लगानी गर्ने कुरा होस् । त्यसमा अध्ययन हुनुपर्छ ।’


पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले सिंचाईको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धन, राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन