fbpx

मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङलाई

author

समाचारपाटी

१ year अगाडि

पोखरा । मिस तामाङ पोखराको उपाधि रोश्मा तामाङले जित्नुभएकाे छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा आइतबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धिलाई पछि पार्दै उहाँले उपाधि जित्न सफल हुनुभयाे । उपाधि सँगै उहाँले १ लाँख रुपैयाँ नगदसहित ताज र ट्रफि प्राप्त गर्नुभयाे । उहाँले मिस कन्फिडेन्टको उपाधि समेत जित्नुभयाे ।

त्यस्तै जुना तामाङ फस्ट रनरअफ हुनुभयाे । उहाँले ५० हजार रुपैयाँसहित ताज र ट्रफि प्राप्त गर्नुभयाे । प्रीति तामाङ दोस्रो हुँदै नगद ३० हजार प्राप्त गर्नुभयाे । भ्युअर्स च्वाइसको उपाधि रेनुका तामाङले हात पार्नुभयाे । उहाँले २० हजार प्राप्त गर्नुभयाे ।

मिस टयालेन्ट विकिता तामाङ, जुना तामाङ मिस पपुलर, विपना तामाङ मिस पंचुअल, वेस्ट स्माइल लक्ष्मी तामाङ, वेस्ट हेयर जिना तामाङ, वेस्ट स्किन योगिता तामाङ, व्युटि विथ प्रपोज सुमित्रा तामाङ, मिस डिसपिलिन रेनुका तामाङ, वेस्ट वाक कृतिका तामाङ, फोटो जेनिक निशा तामाङ, ग्रेसफूल आकृति तामाङ, मिस कल्चर सुप्रिया तामाङ, मिस फेण्डली मनिषा तामाङ र वेस्ट परफर्मरको टाइटल अर्विना तामाङले जित्नुभयाे ।

निणार्यकमा जोन्टा क्लब अफ पोखरामा अध्यक्ष मोनिका थापा, गीतकार तीर्थ तामाङ, पूूर्व मिस तामाङ पोखराका रनरअप सजना वाइवा, जेसीज पोखराका अध्यक्ष गणेश गिरी रहनुभएकाे थियाे ।

पोखरामा जहाज दुर्घटना भएपछि मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेपछि प्रतियोगिता स्थगित गर्न नमिल्ने भएकाले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम विना नै प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयाे । कार्यक्रमको प्रायोजकमा बिजीबी क्याफे रहेको थियो ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन