fbpx

मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो । मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताउनुभयाे ।

‘पोखरामा बन्दै गरेको मानवसेवा आश्रमको निर्माणका लागि केहीरकम अपुग हुने भएपछि हामीले महायज्ञको आयोजना गर्न लागेका हौं । यसअघि नेपथ्य लाइभ कन्सर्टको समेत आयोजना गरिएको यहाँहरुलाई विदितै छ । लक्ष्मी नारायण मन्दिरको निर्माण कार्य सम्पन्न गर्नेदेखि आश्रमको अक्षयकोष श्रीवृद्धिमा समेत यो कार्यक्रमबाट मदत पुग्ने विश्वास लिएका छौं ।’,उहाँले भन्नुभयाे ।

जन्मिएर सामान्य न्युनतम मानवअधिकार प्राप्त गर्न नसकीखुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका र आफ्ना लागि आफैँले केही गर्न नसक्ने अवस्थाका मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै मानव सेवा आश्रमले सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयाे। असहाय र अशक्तहरुको सेवामा नमूना काम गर्दै आएको आश्रमको भवन निर्माणका लागि आर्थिक जोहोका साथै उनीहरुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ २०७९ गर्न लागिएको उहाँले उल्लेख गर्नुभयाे ।

महायज्ञमा कमलनयन गौतमले कथावाचन गर्ने छन् । महायज्ञमा नियमित रुपमा बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ बजे देखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, साँढे ४ बजे प्रसादग्रहण तथा ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुनेछ । महायज्ञ अन्तर्गत २६ गते भने लक्ष्यवर्ती दीप प्रज्ज्वलन गरिने आयोजकले जानकारी गराएको छ ।

मानवसेवा आश्रमको भवन निर्माणलाई सम्पन्न गर्न सरकारीनिकायबाट समेत सहयोग मिलेको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहयोगबाट नै आफुहरुले भवन निर्माणको कार्यलाई अगाडि बढाएको अभिव्यक्ति अधिकारीको छ । तर दिर्घकालिन सोचअनुसारको योजना बनाउँदै थप परिस्कृत रुपमा मानवसेवा आश्रम अगाडि बढीरहेको उहाँले बताउनुभयाे । मानव सेवा आश्रमको संचालनमा ४० प्रतिशत अपनत्व सरकारको छ भने बाँकीसहयोगी मनहरुको रहेको जानकारी उहाँले गराउनुभएकाे छ । ७० प्रतिशत अधिकार सरकारले लिएर बाँकी ३० प्रतिशत अधिकार सहयोगीमनहरुलाई सुम्पिने लक्ष्य मानव सेवा आश्रमको छ ।

अधिकारीका अनुसार मानव सेवा आश्रमले पोखरामा बन्दै गरेको भवन जस्तै अन्य १५ जिल्लामा समेत निर्माण गरिरहेको छ । आर्थिक मन्दीभएता पनि महायज्ञलाई सफल पार्न सम्पूर्ण पोखरेलीहरुले सहयोग गर्नेमा उहाँ आशावादी देखिनुहुन्छ ।
मानव सेवा आश्रमले अहिलेसम्म सहयोगी दाताहरुको सहयोगबाट नै खर्च व्यवस्थापन गरिरहेको जानकारी उहाँले गराउनुभयाे । पोखरा २५ का वडाध्यक्ष मोती तिमिल्सिनाले मानवसेवा सँग समर्पित भएको मानवसेवा आश्रम आफ्नो वडामा स्थापना भएको देख्दा खुशी लागेको बताउनुभयाे। महायज्ञ होस् या मानव सेवा आश्रम संचालनमा परेका समस्याहरुलाई समाधान गर्ने गरी आफु लाग्ने प्रतिबद्धता उहाँको छ ।

कथावाचक कमल नयन गौतमले सरकारको मात्रै भर पर्नुभन्दा आफु पनि सामाजिक सेवा सक्रिय भए पुण्य मिल्ने बताउनुभयाे । उहाँले सेवाको सन्देश प्रवाह गर्न मानव सेवा आश्रमले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नुभयाे । मानवसेवा आश्रम विगत १ दशकदेखि सामान्य अभिभावकत्वसमेत नपाई जीवन नै जोखिममा रहेका, सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अभिभावकविहिन) सडक मानवको मानवोचित व्यवस्थापनका साथै औषधोपचार र जीवन रक्षाका लागि सेवा गर्दै आएको संस्था हो । यसरी आश्रमले संरक्षणमा रहेका व्यक्तिहरुलाई औषधोपचारपछि परिवार पहिचान भएमा पुनःमिलनसमेत गराउँदै आएको छ ।

हाल आश्रमले मुलुकभरबाट झण्डै आठ हजार सडक आश्रित मानवको उद्दार गरिसकेको छ । त्यसमध्ये एक हजारलाई पुन परिवारमा मिलन गराउन सफल भएको छ । पोखरा आश्रमले मात्र एक हजार जनाको उद्दार गरिसकेको जानकारी मानव सेवा आश्रमले गराएको छ । छोरेपाटन स्थित सेवा केन्द्र र हेमजा स्थित सेवा केन्द्रमा गरि १६३ जना सडकआश्रित मानवहरुले सेवा प्राप्त गरिरहेका छन् ।

मानव सेवा आश्रमको भवन निर्माणमा हालसम्म ५ करोड खर्च भइसकेको र अब ४ करोड लाग्ने अनुमान गरिएको छ । हालसम्म पहिलो तल्लाको निर्माण पुराहुने चरणमा छ । अब भोजनका लागि डाईनिङ हल, स्टोर, भवनको दोस्रो, तेस्रो तल्लाको निर्माण, लिफ्ट, आँगन, कम्पाउन्ड, मेडिकल, थेरापि कक्ष निर्माण हुन बाँकी छ ।


काठमाडौं

शनिबार, बैशाख १५, २०८१

२४.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक