fbpx

पत्रकार भीम थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई प्रदान

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गर्नुभएकाे छ । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद रु ११ हजार १ सय १० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गर्नुभएकाे हाे ।

मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताउनुभयाे । ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भन्नुभयाे, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’ मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताउनुभयाे ।

‘पत्रकारितामा हिजो भन्दा आज विश्वासमा गिरावट आएको सत्य हो, सामाजिक रूपमा हामी र हाम्रो पेसालाई हेर्ने र बुझ्ने आम प्रवृत्तिमा बदलाव आएको छ, केही गलत प्रवृत्ति र पात्रका कारण लज्जा र जबरजस्त शङ्काका मानकहरू स्थापित गर्न खोजिँदै छन्, पत्रकार थापाले भन्नुभयाे, हामी हाम्रो पेसाको गरिमा र सामाजिक विश्वासको धरातल भत्कन्छ कि भन्ने डर र चुनौतीको बिचमा छौँ, तर पनि सामाजिक न्याय र सेवाको भावनाले प्रत्येक सञ्चारकर्मीहरूको हृदय सिञ्चित भइरहेको हुन्छ भन्ने कुराको विश्वास दिलाउन चाहन्छु ।’ कयौँ अभावका अँध्यारा दिनहरूको सामना गरेर अगाडी बढेका सञ्चारकर्मीहरूको दिल भित्र पनि मानवताको विशाल भावना हुन्छ भन्ने कुराको सुरुवात मात्र होइन ठुलो सिकाइका रूपमा यसलाई आफूले लिएको पत्रकार थापाले बताउनुभयाे ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताउनुभयाे । एक जना श्रमजीवीको समाज प्रतिको दायित्व र कर्तव्य पालनाको ज्वलन्त उदाहरणका रूपमा आफूले यसलाई लिएको उहाँँले बताउनुभयाे । पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिङ्गो पत्रकारिताको प्रतिनिधिका रूपमा मानव सेवा प्रतिको गहिरो सेवा भावका रूपमा आफूले लिएको बताउनुभयाे ।

कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताउनुभयाे । पत्रकारिताको क्षेत्रमा प्राप्त गरेको कुनै पनि पुरस्कार यसरी सेवामा समर्पित गरेको आफूले अहिलेसम्म थाहा नपाएको बताउँदै उहाँले असल कर्मका कमलजीवीलाई व्यवसायीक पत्रकारिता पुरस्कारले पुरस्कृत गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयाे । एसोसिएसनका पूर्व अध्यक्ष नवीन नापितले असल कर्म कुनै पनि पेसा व्यवसाय र व्यक्तिका लागि वाञ्छनीय नहुने बताउनुभयाे । पत्रकार थापाले सुरु गरेको असल संस्कारको निरन्तरतामा जोड दिनुभयाे । सो क्रममा पूर्व अध्यक्ष नापितले नगद रु १ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई उपलब्ध समेत गराउनुभयाे ।

आश्रमका सञ्चालक होमनाथ मानवसेवाले मानवता प्रवर्द्धनको अभियानमा यस्तो प्रकृतिको सेवा पहिलो भएको बताउनुभयाे । पोखरामा बर्सेनि दर्जनौँ पत्रकारिता सम्बन्धी पुरस्कारहरू वितरण गरेको सुनिए पनि पहिलो पटक नजिकबाट आभास गर्न पाएको बताउनुभयाे । सुन्दर हृदयमा मानवताका सुन्दर फुलहरू फुल्ने बताउँदै उहाँले पत्रकार थापाको सहयोग त्यही सुन्दर आत्माको एक प्रतिकका रूपमा आफूले आभास गरेको बताउनुभयाे।

पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गर्नुभएकाे थियाे । प्रतिष्ठानले प्रत्येक वर्ष श्री अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू छात्रवृत्तिका रूपमा प्रदान गर्दै आएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन