काठमाडौं । गायक तथा संगीतकार नरहरी प्रेमीले दर्शक तथा श्रोताका लागि प्रेमिल कोशेली प्रस्तुत गर्नुभएकाे छ । उहाँले प्रज्ञा अधिकारीको साथमा ‘तिमीलाई हेरेर’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएकाे हाे ।

गीतको शब्द पुष्पा पौडेलले लेख्नुभएकाे छ भने संगीत गायक स्वयमको रहेको छ । सञ्जय हमालले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गर्नुभएकाे छ ।
राजकुमारको निर्देशन र सम्पादन रहेको भिडियोको छायाँकन उत्सव दाहालले गर्नुभएकाे छ । राजकुमार दर्जीको कोरियोग्राफीमा गायक तथा गायिकाले नै अनस्क्रिन रोमान्स गर्नुभएकाे छ ।