fbpx

कृस्ती निर्मलपोखरी क्षेत्र पर्यटकको रोजाईमा किन पर्न सकेन ?

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका अन्तरगत सराङकोट, कृस्ती, निर्मलपोखरी र काहुँडाँडा पर्यटकीय दृष्टीकोणले महत्वपूर्ण प्राकृतिक सम्पदा हुन तर अन्य ठाउँहरुमा पर्यटकको चहलपहल वढिरहँदा कृस्ती निर्मलपोखरी क्षेत्र किन पछि ? भन्ने विषयमा वृहत छलफल गर्न रामनवमीको अवसरमा २१ नं. वडा कार्यालयले फोक्सिङकोट कालिका मन्दिरको प्राङगणमा भेलाको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय सांसद विद्या भट्टराई अधिकारी र पोखराका मेयर धनराज आचार्य सहभागी हुनुभएकाे थियाे । कार्यक्रमको उद्घाटन पनि सम्युक्त रुपमा गरेका भट्टराई र आचार्यले समग्र वडाको विकासको खाका लिएर आउन अनुरोध गर्दै साना साना टुक्रे कार्य भन्दा ठुला ठुला योजना ल्याउन आग्रह गर्नुभएकाे थियाे ।

सो अवसरमा जिल्ला समन्वय समिति कास्कीकी सिता विक, निवर्तमान वडा अध्यक्ष खगराज आचार्य, लेखनाथ नगरपालिकाका निवर्तमान प्रमुख शालिकराम पौडेलले वडाको विकासमा सबैको हातेमालो आवश्यक पर्ने वताउँदै योजना छनौट नै पहिलो प्राथमिकता हुन पर्ने बताउनुभएकाे थियाे ।

उक्त कार्यक्रममा आयोजकका तर्फबाट प्रा.डा. रामचन्द्र पोख्रेल, डा. सिपि आचार्य, सुर्य बहादुर रानाभाट लगाएतले वडाको संस्कृति, कला, साहित्य र स्वास्थ्यको विकास कसरी गर्ने, गाउँको आवास, कृषि, शिक्षा, स्वास्थ्यलाई कसरी आधुनिकीकरण र व्यवस्थित गर्ने, विकासको स्थितिलाई कसरी प्राथमिकीकरण गर्ने, वडाको वनपैदावर, मठमन्दिर, पुरातात्विक स्थितिलाई कसरी अभिलेखिकरण गर्ने, वसाई सराइको समस्यालाई कसरी न्युनिकरण गर्ने, नगरपालिका, प्रदेश र संघलाई विकास निर्माणमा वडा संग कसरी समन्वय गराउने लगाएतका विषयमा वोल्नुभएकाे थियाे ।

वडा अध्यक्ष दिपक सुवेदीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन सोमनाथ भण्डारीले गर्नुभएकाे थियाे । उक्त कार्यक्रमको उद्धेश्य वडाको संरक्षकत्वमा राजनिति दलभन्दा माथि उठी एउटा विशुद्ध सेवामुखी र विकास मुखी संस्था गठन गर्ने भएतापनि संस्थालाई पुर्णता दिन नसकिएको आयोजकले बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख २१, २०८१

१५.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक