‘डिजिटल मार्केटिङ’ र कोरला नाका प्रवद्र्धनमा टेवानकाे सहयाेग

author

समाचारपाटी

१ हप्ता अगाडि


मुस्ताङ। फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रवद्र्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको चार दिवसीय कार्यक्रम अन्तर्गत टेवानले मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान गर्यो । फागुन २४ मा पहिलो दिन म्याग्दीको बेनी नारी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा सहभागी भएर टेवानले फागुन २५ मा मुस्ताङको जोमसोममा तालिम आयोजना गरेको हो । तालिममा आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जानकारी दिनुभयाे।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम प्रदान गरेको हो । उक्त दिन तालिमसँगै मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया भयो । कार्यक्रममा पोखरा र मुस्ताङ बीचको पर्यटकीय साझेदारी आवश्यक रहेकोमा जोड दिइएको थियो । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताउनुभयाे ।

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले साझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयाे । ‘मुस्ताङका स्थानीयवासी अतिथि देवो भवःको मन्त्रलाई सदैब आत्मसात गर्दै आएका छन्,’ उहाँले भन्नुभयाे, ‘प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक रुपमा मुस्ताङ महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।’

पर्यटकीय विकाससँगै मुस्ताङका स्थानीयवासी उत्पादनसँग पनि जोडिने अभियान सुरु गरिएको बताउँदै उहाँले यहाँ उत्पादित अन्न, स्याउ लगायतका फलफुल आदिको प्रशोधन गर्ने कार्य पनि सुरु गरिएको उल्लेख गर्नुभयाे । घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताउनुभयाे । प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवम् सांस्कृतिक रुपमा यहाँको महत्त्व रहेको बताउँदै उहाँले पर्यटन लक्षित योजनालाई अघि बढाउन लागिएको जानकारी दिनुभयाे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्नुभयाे । बौद्ध धर्मगुरु पद्मसम्भवले यहीँबाट बौद्ध धर्मको प्रचारप्रसार गरी त्यसले विश्वव्यापी स्थान लिए पनि त्यसको प्रचारप्रसार हुन नसकेको उहाँको भनाइ थियो । यार्तुङ, तिजी, तोरन्ल जस्ता विभिन्न सांस्कृतिक मेला तथा महोत्सवलाई अन्तर्राष्ट्रियकरण गरी पाहूना बोलाउनुपर्ने तर्क उहाँले गर्नुभयाे । ‘मुस्ताङको दीगो पर्यटकीय विकासका लागि यहाँका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा जोगाउनु आवश्यक छ,’ उहाँले थप्नुभयाे ।

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आइसकेको अवस्थामा मुस्ताङका उत्पादनलाई विश्व बजारमा पुर्याउने गरी लाग्नुपर्ने बताउनुभयाे । टेवानका अध्यक्ष कमला गिरीले पोखरा र मुस्ताङको पर्यटकीय सम्बन्ध बढाउनकै लागि मुस्ताङमा प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको बताउनुभयाे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले पर्यटनको विकासका लागि उत्पादन, प्रवद्र्धन र बजारीकरण आवश्यक भएकोमा जोड दिनुभयाे । मुस्ताङका मौलिक संस्कार र संस्कृतिको प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले पर्यटकका बसाइँ अवधि लम्ब्याउनका लागि पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने धारणा राख्नुभयाे । ‘मुस्ताङमा हिन्दु तथा बौद्ध दुबै धर्मावलम्बी पर्यटक तान्न सकिने विविधतायुक्त स्थान हो, यसलाई लक्षित गरी प्रवद्र्धनमा जोड दिनु आवश्यक छ,’ उहाँले
भन्नुभयाे । घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा थकालीले पोखरा र मुस्ताङको पर्यटकीय साझोदारीले दुबैलाई अधिकतम फाइदा पुग्ने बताउनुभयाे ।

त्यसका लागि एकआपसमा सहकार्य र समन्वय आवश्यक भएको उहाँको भनाइ थियो । कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले नारी दिवसको कार्यक्रमलाई सार्थक बनाउन डिजिटल मार्केटिङ र कोरला नाका प्रवद्र्धनात्मक कार्यक्रम टेवानले ल्याएको बताउनुभयाे ।

पहिलो दिन ठिनीमा रहेको थकाली सामुदायिक होमस्टेमा बसेको टेवानको टोली दोस्रो दिन उपल्लो मुस्ताङको लोमन्थाङ पुगेको थियो । पर्यटन व्यवासायी र संचारकर्मीको टोली तेस्रो दिन कोरला नाका, छोसेरस्थित ऐतिहासिक शिजा झोङ गुफा घुमेर मुक्तिनाथ फर्किएको थियो । त्यस दिन जोमसोम बास बसेर चौंथो दिन म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै टेवानको टोली शनिबार पोखरा फर्किएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बिहिबार, चैत्र ९, २०७९

१८.२७°

-
Clouds

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘२०८० साललाई जातीय छुवाछुत बिरुद्धको अभियान वर्ष’ घोषणा गर्न...

‘दलितमाथि हुने अपमान र विभेद अन्त्यका लागि दृढतापूर्वक अघि...

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर नभएका सांसद देवकोटाको...

सरकारी सेवामा करारमा कार्यरत श्रमीकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

 ‘बहाव’को कथा पनि केही हिसाबमा सुँगासँग मिल्छ’:-अभिनेत्री सुरक्षा पन्त

प्रभुको निर्देशनमा गायक राजकुमार सिंहको ‘बलेको आगो-२’ म्यूजिक भिडियो...

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...