fbpx

जनकपुरमा हरवाचरवाहरुले आन्दोलन जारीः माग पूरा नगरे सिंहदरबार घेर्ने चेतावनी

author

समाचारपाटी

१ year अगाडि

न्यायिक पुनःस्थापनाको मागसहित हरवाचरवाहरुले आन्दोलन जारी राखेका छन् । हरवा चरवाहरु आफ्नो अधिकार प्राप्तिका लागि मधेस प्रदेशमा अधिकार यात्रा नजारी गरेका हुन । तत्कालिन प्रधानमन्त्री शेरबबहादुर देउवाले २०७९ साउन २ गते हरवाचरवा प्रथा अन्त्य भएको घोषणा गर्नुभएको थियो । हरवाचरवा प्रथा अन्त्य घोषणा गरेपनि कार्यान्वयनमा आउन नसक्दा हरवाचरवा समस्यामा नै छन् । वर्षौंदेखि उत्पीडनमा परेका हरवाचरवाहरु प्रधानमन्त्रीको घोषणापछि पनि सो प्रथाबाट मुक्ति पाउन नसकेपछि आफ्नो माग सम्बोधन गराउनका लागि अधिकार यात्रा गरेका छन् । दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट शुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलवार जनकपुरधाम पुगेको थियो । यता वीरगञ्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, व्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आएर प्रदर्शन गरेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सदाले जानकारी दिनुभयो । 

सरकारले हरवाचरवाको मुक्ति घोषणा गर्दै उनीहरूको पुनःस्थापनाका लागि लागत संकलन, सत्यापन, परिचयपत्र वितरण, पुनःस्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएको थियो । यसका लागि भूमि व्यवस्था मन्त्रालयले कार्यविधि र कार्ययोजना निर्माण गरेपनि कार्यान्वयनमा आउन नसकेको हरवाचरवा अधिकारकर्मी सञ्जय महराले बताउनु भयो । उहाँले प्रदेश सरकारले समस्या समाधान नगरे सिंहदरबार घेर्ने चेतावनी दिनुभयो । 

त्यस्तै माग सम्बोधन नभए अझै सशक्त आन्दोलन गर्न तयार रहेको अधिकार यात्रामा सहभागी आशादेवी पासवानले बताउनु भयो ।  

हरवाचरवाको बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिवद्धतासहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्रसमेत हस्तान्तरण गर्नका लागि हरवाचरवाहरु अधिकार यात्राको क्रममा जनकपुर पुगेका हुन् । अधिकार यात्रा सम्पन्न भए लगत्तै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले दोस्रो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत हरवाचरवा अधिकार यात्राको समिक्षा तथा सन्देश प्रवाह गर्ने, हरवाचरवा बाहुल्य पालिकामा आगामी निति तथा कार्यक्रमका साथै बजेटकालागि सुझाव बुझाउने, प्रधानमन्त्रीलाई हरवाचरवाको समस्याको विषयमा ध्यानाकर्षण गराउने, माग पूरा नभए पहिलो चरणमा पालिका, दोस्रो चरणमा मधेसको राजधानी र तेस्रो चरणमा संघिय राजधानीसम्म प्रदल यात्रा गर्ने जनाएको छ ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन