fbpx

मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

author

समाचारपाटी

२ years अगाडि

भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको मुम्बइबाट प्रतियोगिता रेफ्रि एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराउनुभएकाे छ ।

मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको टोली नेता समेत रहेका मानन्धरले जानकारी गराउनुभयाे ।

नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम काता तर्फ स्वर्ण जित्न सफल भएको हो । पुरुष तर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वर्ण जित्न सफल भएका थिए ।

यसै गरि श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मितिल टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जिते । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमिते तर्फ स्वर्ण जित्नुभयाे । श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोड्नुभयाे । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गर्नुभयाे । नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल हुनुभयाे ।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र ब्यवस्थापकमा सानुभाई थापा मगर रहेका थिए । च्याम्पियनसिपमा नेपाल, भारत र रशियाका गरि ४२५ खेलाडीहरुको सहाभागिता रहेको थियो ।

सोहि प्रतियोगिताका दौरान भएको प्रशिक्षक सेमिनारमा नेपाली करातेका बरिष्ठ प्रशिक्षक हिरा सिंह डङ्गोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको मुम्बईबाट प्रशिक्षक डङ्गोलले जानकारी गराउनुभयाे ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन