fbpx

हलिउडको लुक्समा ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं । चलचित्र ‘गोर्खा वारियर’को टिजर बिहिबार काठमाण्डौंमा एक समारोहबीच रिलिज गरिएको छ । समारोहमा यो फिल्मको टिजर हेर्ने क्रममा सबैले हलिउडको युद्ध सम्बन्धि फिल्मको टिजर हेरेको जस्तो लागेको प्रतिक्रिया दिए । सिनेमाको टिजरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।

यो चलचित्रलाई भर्सटाईल निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएकाे हाे । निर्देशक चाम्सले पहिलो पटक बीर गोर्खालीको युद्ध कथालाई जादुई रुपमा गोर्खा वारियर मार्फत कुशलता पूर्वक ससक्त रुपमा उतारेको सञ्चारकर्मीहरुले बताउनुभयाे ।

‘युद्ध सम्बन्धि सिनेमाको यो टिजर हलिउडको कुनै वार मूभिको भन्दा कम छैन । यो टिजर हेर्दा साँच्चै अन्तराष्ट्रिय स्तरको फिल्म तपाईले बनाउनु भएको छ ।’ फिल्मको टिजर हेरेपछि सञ्चारकर्मीहरुले निर्देशक मिलन चाम्सलाई भने । शसस्त्र प्रहरी बल नेपालका पूर्व आईजिपी शैलेन्द्र खनाल ‘सरद’ले आफु पनि सेवामा रहँदा युद्धलाई निकै नजिकबाट देख्न र भोग्न पाएको तर यत्ति राम्रो युद्धको दृष्य नेपाली फिल्ममा पहिलो पटक देखेको बताए । साँच्चै अन्तराष्ट्रिय स्तरको यो फिल्मको टिजर बनेको पनि उहाँले बताउनुभयाे ।

निर्देशक मिलन चाम्सले विश्वमा परिचित गोर्खा सैनिकले पहिलो बिश्वयुद्ध देखि अहिलेसम्म धेरैवटा युद्ध लडेको स्मरण गराउनुभयाे । उनीहरुसँग कैयौं युद्धसँगै पारिवारिक मार्मिक कथा भएको र त्यो मध्य एउटा बास्तविक कथालाई यसपटक पर्दामा उतारेको चाम्सले कार्यक्रममा बताउनुभयाे । पहिलो पटक आफुले यो फिल्मलाई नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा अन्तराष्ट्रिय रुपमा तयार गरेको पनि उहाँले जानकारी गराउनुभयाे ।

निर्देशक चाम्सका अनुसार सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो चलचित्रमा उतारिएको छ । टिजरमा पनि सोही युद्धको झलक प्रस्तुत गरिएको उहाँले प्रकाश पार्नुभयाे । यस अघि चलचित्रको फस्ट लुक्सले चर्चा कमाएको थियो । अहिले टिजरलाई दर्शकले त्यत्तिकै मन पराएकोमा निर्देशक चाम्सले खुसी व्यक्त गर्नुभएकाे छ।

यस अघि नौ वटा सफल चलचित्र निर्देशन गरिसकेका भर्सटाईल निर्देशक मिलन चाम्सले यसपटक बृटिस गोर्खा सैनिकले ‘मलाया इमरजेन्सी जँगल वार’ युद्धमा गरेको सँघर्ष र उनीहरुको साहसिक कथालाई गोर्खा वारियर मार्फत विश्वका सिनेमा हलमा ल्याउन लागेको बताउनुभयाे । आगामी जुनमा यो चलचित्रलाई बेलायतमा १० हजार दर्शकमाझ विशेष प्रदर्शन गर्ने पनि उहाँले जानकारी गराउनुभयाे ।

यो चलचित्रका सह निर्माता सुरेश राईले बीर गोर्खाली सैनिकका कथा मार्फत नेपाललाई सिनेमाको माध्यमबाट सँसारभर चिताउन आफु यो फिल्मको निर्माणमा जोडिएको बताउनुभयाे । ‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गर्नुभएकाे छ । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रको नेपाल र मलेशियामा छायाँकन भएको हो । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । यस्तै यो चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।

https://www.youtube.com/watch?v=ojTV3XvTjjY


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३१.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक