fbpx

पोखरा महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति

author

समाचारपाटी

२ years अगाडि

कास्की । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई हप्तादेखिको उत्पन्न समस्या समाधान भएको छ । पोखरा महानगरले अस्थायी फोहर विसर्जनस्थल बनाएको पोखरा–३२ लामेआहालका स्थानीयवासीको अवरोधपछि फोहर व्यवस्थापनमा समस्या भएकामा बिहीवार महानगर र फोहर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समितिबीच सहमति भएको हो ।

महानगरले फोहर विसर्जनस्थलमा फोहर व्यवस्थापन गर्दा दुर्गन्ध फैलिएको, सम्झौताबमोजिम पूर्वाधार निर्माण नगरेको र सडक हिलाम्मे भएको भन्दै स्थानीयवासीले फोहर लैजान अवरोध गरेपछि केही दिन पोखराको फोहर उठ्न सकेको थिएन । स्थानीयवासीसँग वार्ता गरी समस्या समाधान गर्न महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापा र वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारीलाई जिम्मेवारी दिनुभएको थियो । वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरबीच लामेआहालमै १८ महिना फोहर विसर्जन गर्ने सहमति भएको महानगरले जनाएको छ ।

सहमतिअनुसार फोहर बोकेका गाडी विसर्जनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने तत्कालै माटोले फोहर पुर्ने कार्य आवश्यकतानुसार गर्नु पर्नेछ । विसर्जनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमतिअनुसार लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ ।

फोहरमैला विसर्जनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ । स्थानीयलाई सीपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने र विभिन्न विद्यालयलाई सहयोग उपलब्ध गराउनेलगायतका विषय सहमतिमा उल्लेख रहेको आचार्यले जानकारी दिनुभयो ।

स्थानीयले फोहर फाल्न रोक लगाउन अन्तरिम आदेशको माग गरी उच्च अदालत पोखरामा रिट दर्ता गरेकामा साउन २१ गते अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेको थियो । त्यससँगै महानगरपालिकालाई लामेआहालमा फोहर व्यवस्थापन गर्ने कानुनी बाटोसमेत खुला भएको थियो । त्यसपछि महानगरले १२ दिनपछि फोहर विसर्जन गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकको वर्षौँदेखिको फोहर विसर्जनस्थलमा फोहरमैला लैजान रोकिएको थियो । त्यसपछि महानगरले अस्थायीरूपमा छ महिनाका लागि भनेर लामेआहालमा विसर्जन गर्दै आएको छ । महानगरले पोखरा–३३ को पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफलमा फोहर प्रशोधन केन्द्र बनाउने तयारी छ ।


काठमाडौं

बिहिबार, फाल्गुन १, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

वित्तीय समानीकरण अनुदान कटौतीबारे गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घद्वारा...

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन