fbpx

राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धि’ संकल्प प्रश्ताव पेश

author

समाचारपाटी

३ हप्ता अगाडि

राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धि’ संकल्प प्रश्ताव पेश भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रश्ताव पेश गर्नुभएको हो । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनैपनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रश्ताव राष्ट्रिय सभा पेश गर्नुपरेको सांसद पन्तले बताउनु भयो । उहाँले नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेको उल्लेख गर्दै नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताउनु भयो । 

सांसद पन्तले भन्नुभयो, ‘नागरिकको उपचार हुन नसकेर अकालमा मृत्यु भईरहेकाले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितताका सम्बन्धमा संकल्प प्रश्ताव पेश गरिएको हो । नागरिकहरु उपचार गर्न नसकेर, उपचार खर्च नभएर दिनहुँ मृत्युवरण गरिरहेका छन् । अकालमा कयौं नागरिकहरुको ज्यान गईरहेको छ । नेपालको संविधान र मानव अधिकार विश्वव्यापी मान्यता अनुरुप नागरिकको बाँच्न पाउने हक अधिकारको सुनिश्चितताका लागि सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच स्थापित गरियोस, उपचारको सुनिश्चतता गरियोस, बाँच्न पाउने अधिकारको सुनिश्चितता होस । पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनैपनि नागरिकलाई अकाल मृत्युबाट बचाउन राज्यको उच्च प्राथमिकता, दायित्व र जिम्मेवारी हुनेछ । लोकतान्त्रिक र लोककल्याणकारी राज्यमा कुनै पनि नागरिक उपचारको अभावमा अकालमा मर्नुपर्ने छैन ।’

सांसद पन्त प्रश्तावक रहनुभएको सां संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादव समर्थक रहनुभएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन