प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रियो : अध्यक्ष ओली

author

समाचारपाटी

३ महिना अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय हीतलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ ।  सोमवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले पार्टीमा दाहाल जंगबहादुर झैँ रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाउनु भयो ।

उहाँले प्रधानमन्त्री दाहालले वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाएको बताउनु भयो । अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उहाँलाई विश्वासको मत नदिने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरुको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो त्यही हुन्छ । विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ । अरुसँग मिलेको भन्ने आरोप लाग्छ । उहाँ एकता हुन दिनुहुन्न एकता भइहाल्यो भने त्यसलाई तोड्ने उद्योगमा लाग्नुहुन्छ ।

तोडेर छोड्नुहुन्छ । विगतमा देखिएको छ । वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थीहरुसँग गएर जोडिनुभयो । यस पटक फेरि वामपन्थी सरकार गठन भयो तर उहाँलाई सह्य भएन । प्रधानमन्त्री भएको भोलिपल्टबाट इमानमा रहन सक्नुभएन । उहाँले दक्षिणपन्थी सरकार बनाउनु भयो । राष्ट्रिय हीतलाई कमजोर बनाउनु भयो । भ्रष्टाचार अब बढ्दै जान्छ, रोकिँदैन । विकास निर्माण रोकिन्छ ।

उहाँ एमाले बिरोधी हुनुपर्ने भन्ने सोचमा हुनुपर्छ । राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा हुनुहुन्छ । वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन अत्यन्त अविश्वसनीय भएको छ । यो उहाँकै कारण हो । त्यसकारण प्रधानमन्त्रीजीमाथि विश्वास छ भन्न सकिँदैन ।

गठबन्धनका स्वार्थीहरुले भोट देलान् तर हामीलाई स्वार्थ छैन, त्यसैले प्रधानमन्त्री संसदको विश्वास छ भन्न सकिँदैन, जित्ने हार्ने छुट्टै कुरा हो स्वार्थको खेल हो, यसमा हमी लतारिनुपर्दैन, उहाँप्रति हामीलाई विश्वास छैन, हालसालैका गतिविधिहरुले पुष्टि हुन्छ, हामी उहाँमाथि विश्वास छैन भन्ने पक्षमा हुन्छौँ ।’

अध्यक्ष ओलीले अब संसदीय समिति बन्न लागेकाले आफूले योगदान गर्नसक्ने समितिको चयन गर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

हाम्रा नेताहरू

नेतालाई टाउको दुखेविदेशमा उपचार ।सिटामोल नपाएरगाँउघरमा हाहाकार । पहिलेका नेताहरू सड‌कमाढुङ्‌गा हानाहान ।अहिलेका नेताहरू संसद्‌माकुर्सी तानाताना । सात सयनी पाँउदैनन्भारी...

विचार

नीति तथा कार्यक्रम र राष्ट्रसेवा

धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम – २०८० को बुंदा नम्बर १७२ मा “युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न...

विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीद्वारा राजीनामा

मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, ‘चुरे जोगाउ, मधेश...

मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न सक्दैन : केपी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कसरी रिलिज हुनु भन्दा पहिला नै ‘आदिपुरुष’ ले कमायो...

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो : भुवन केसी

“भारतसँग रोजीरोटीको सम्बन्ध हुँदैमा देश दाइजोमा दिन मिल्दैन”

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

मङ्लबार, जेष्ठ २३, २०८०

२३.२७°

-
Thunderstorm