fbpx

एघारौं पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । एघारौं पोखरा महोत्सवको सुरक्षा ब्यवस्था चुस्त दुस्त पारिने भएको छ । आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बांकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताउनुभयाे ।

महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरु संगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताउनुभयाे । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्धारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउँदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजक संग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताउनुभयाे ।

युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउनुभयाे । कुनैपनी संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताउँनुभयाे पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बांकी नराख्ने बताउँदै महोत्सवको सफलताको कामना समेत गर्नुभयाे ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागी नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्टिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताउनुभयाे ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा सुरक्षा ब्यवस्थापन उपसमिति संयोजक विष्णु कुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागी सुरक्षा निकाय संगै आफुहरुले निजी सुरक्षा कम्पनीहरु संग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताउनुभयाे । त्यस्तै महोत्सवमा सुरक्षाकर्मी संगै महोत्सवमा एकदर्जन बढी सिसि क्यामेरा द्धारा समेत २४ सै घण्टा निगरानी गरिने समेत गुरुङले जानकारी दिनुभयाे ।

त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि वढिरहदा एघारौं संस्करणको पोखरा महोत्सवलाई पनि विगतका महोत्सवहरुलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राख्नुभयाे । क्लवका अध्यक्ष राजु श्रेष्ठले एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै महोत्सवले रमाइलो गर्नेमात्र नभइ सामाजिक कामकै लागि महोत्सवको आयोजना गरिदै आएको बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक