fbpx

निर्वाचन आयोगको आज ७औँ निर्वाचन दिवस

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । निर्वाचन आयोगले आज ७औँ निर्वाचन आयोग दिवस मनाउँदै छ ।

आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ को नाराका साथ आज निर्वाचन दिवस मनाउन लागेको हो ।

२०७३ सालदेखि ७ फागुनदेखि निर्वाचन दिवसको रूपमा मनाउन थालिएको हो । दिवसका अवसरमा आयोगले यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

आयोगले नेपाल टेलिभिजन र रेडियो नेपालबाट अन्तर्संवाद प्रसारण, प्रमुख आयुक्त दिनेशकुमार थपलियाको सन्देश प्रसारण तथा प्रकाशन, कर्मचारी सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्नेलगायत कार्यक्रम तय गरेको छ ।

यसैगरी आयोगको कान्तिपथस्थित परिसरमा आज हुने समारोहमा प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयका सम्पूर्ण कर्मचारी ‘भर्चुअल’ माध्यमबाट सहभागी हुनेछन् ।

नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइँदै आइएको छ। आयोगका लागि यो वर्ष भने निर्वाचन वर्षका रूपमा व्यतीत भएको छ ।

गत वैशाख ३० गते स्थानीय तह तथा मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।

नेपालको संविधानले आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने, निर्वाचन प्रयोजनका लागि मतदाता नामावली तयार गर्ने एवं राष्ट्रिय महत्वको विषयमा जनमत सङ्ग्रह गराउने समेत जिम्मेवारी तोकेको छ ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन