मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने सरकारको निर्णय

author

समाचारपाटी

११ महिना अगाडि

सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिनुभएको हो । जेठ ३ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने निर्णय भएको हो । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । भन्ने निर्णय भएको छ । श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उहाँ यसअघि पनि सो पदमा हुनुहुन्थ्यो । मन्त्री शर्माले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रश्ताव पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । 

मन्त्री शर्माले भन्नुभयो, ‘अर्थ मन्त्रालयको प्रश्तावमा स्थानीय जलवायु अनुकुलन सम्बन्धि कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भन्ने निर्णय भएको छ । गृह मन्त्रालयको प्रश्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्विकृत गर्ने भन्ने पनि निर्णय भएको छ । र गृहकै अर्को प्रश्ताव छ–संघीय संसदको प्रतिनिधि सभामा विचाराधिन रहेको राजनीतिक दलसम्बन्धि ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्विकृति दिने भन्ने निर्णय भएको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि ताप्लेजुङ जिल्लाको श्रीगंगा गाउँपालिकामा रहेको राष्ट्रिय वनको १ दशमलव ६५ हेक्टर जमिन प्रयोग गर्न स्विकृति दिने भन्ने निर्णय पनि भएको छ । वन तथा वातावरण मन्त्रालयको अर्को प्रस्तावमा चिनोखोला जलविद्युत आयोजना निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगतको मनाङ जिल्लाको नासो गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल जम्मा ५ दशमलव ९४ हेक्टर जमिन प्रयोग गर्न स्विकृति दिने भन्ने निर्णय भएको छ । ह्वासिङ सिमेन्ट नारायणी प्रालिलाई धादिङ जिल्लाको बेनिघाट गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ११ दशमलव ०८ हेक्टर जमिन जग्गा चुनढुंगा उत्खनन तथा खानी संचालन गर्न स्वीकृति दिने भन्ने निर्णय भएको छ । त्यस्तै गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रश्तावमा अन्तर्राष्ट्रिय श्रम संगठनको ग्लोबल कोलिएशन फर सोसल जष्टिस संयन्त्रमा नेपालको सहभागिताका लागि स्विकृति प्रदान गर्ने निर्णय भएको छ । स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आगामी २०८१ साल ज्येष्ठ २७ गतेदेखि असार १ गतेसम्म माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सहभागी हुनका लागि स्वीकृति दिने भन्ने निर्णय भएको छ । सञ्चार मन्त्रालयको प्रश्तावमा न्युनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा श्री संगीता खड्का, काठमाडौंलाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रश्तावमा नायव सुब्बा श्री चिरञ्जीवी भुसाललाई कडा रोग लागि नियमित रुपमा नियमित रुपमा सेवा गर्न असमर्थ भएकाले निजको सेवा अवधिमा बढिमा ७ वर्ष थप गरी अवकास दिने भन्ने निर्णय पनि भएको छ । नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने भन्ने निर्णय भएको छ । र वर्तमान मन्त्रीपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पेश गरेको सम्पती विवरण सार्वजनिक गर्ने भन्ने पनि हिजो निर्णय भएको छ ।’मन्त्रीपरिषद् बैठकले गृह मन्त्रालयको प्रश्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि गरेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन