बागलुङ क्षेत्र नम्बर २ मा ३६ हजार ४ सय ८१ मत गणना गर्दा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका देवेन्द्र पौडेलले अग्रता कायमै छ ।
माओवादीका देवेन्द्र पौडेल १८ हजार ३ सय २० मतका साथ अगाडि बढिरहनुभएकाे छ । उहाँलाई एमालेकी मञ्जु चालिसेले १६ हजार ३५ मतका साथ पछ्याइरहनुभएकाे छ । पौडेल र चालिसेबीच अहिले २ हजार दुई सय ८५ मतान्तर छ । त्यस्तै तेस्रो स्थानमा १ हजार ५ सय ६३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तीला खत्री हुनुहुन्छ । यसै गरी स्वतन्त्र उम्मेदवार तुलसीराम अर्यालले २ सय ६७ मत प्राप्त गर्नुभएकाे छ । नेपाल दलित पार्टीका टेकप्रसाद कामीले १७७ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका चित्रप्रसाद गुरुङले ९१ मत प्राप्त गर्नुभएकाे छ । निर्वाचन अधिकृत बाबुराम पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवार डिलबहादुर कार्कीले २८ मत प्राप्त गर्नुभएकाे छ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचनले १५ हजार १ सय ८ सहित विजयी हुनुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी प्रकाश घर्तीले १२ हजार ८ मत प्राप्त गर्नुभएकाे छ ।
साथै, प्रदेश सभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँरले १२ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पुन ८ हजार ७ सय ३७ मत प्राप्त गर्नुभएकाे छ ।
source:-annapurna