fbpx

दाङ–काठमाडाै‌‌‌‌‌‌‌ सुतेर यात्रा गर्न सकिने बस सञ्चालन

author

समाचारपाटी

२ years अगाडि

दाङ I आजदेखि दाङ–काठमाण्डाै सुतेर यात्रा गर्न सकिने सुविधासहितको बस सञ्चालन हुने भएको छ । यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै दाङदेखि काठमाण्डाै रात्री सेवामा ‘स्लीपर एसी’ बस सञ्चालन हुन लागेको हो ।

त्रिसिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर दाङले पहिलो पटक भरे बेलुकादेखि यस्तो सुविधाको बस संचालन गर्ने जनाएको छ । साविक राप्ती अञ्चलमा यस्तो सुविधा भएको बस भित्रिएको पहिलो पटक हो । भारतबाट ल्याइएका यी बस आजदेखि नियमित रुपमा चल्ने प्रालिले जनाएको छ । 

दाङदेखि काठमाण्डौसम्म आरामदायी यात्रा गर्न सुत्न मिल्ने सिट रहेका चार वटा एयर सस्पेन्सन स्लीपर बस सञ्चालन गर्ने प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो । बसमा ४० सिट छ । ती मध्ये ८ वटा सुतेर यात्रा गर्न मिल्ने र ३२ सिटहरु बसेर यात्रा गर्न मिल्ने रहेका छन ।

दाङदेखि काठमाण्डौसम्म सिटमा बसेर यात्रा गर्नका लागि यात्रुले १ हजार ८ सय रुपैयाँ र सुतेर यात्रा गर्न चाहाने यात्रुले २ हजार रुपैयाँ भाडा तिनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले यस्ता सुविधा भएका चार वटा बस ल्याइएको छ । दुई वटा बस दाङ–काठमाण्डौ तथा दुई वटा बस दाङ र भारतको दिल्ली चल्ने छन् ।

यस्तो सुविधा भएको एउटा बसको मूल्य ८० लाख रुपैयाँ भन्दा धेरै परेको राप्ती यातयात प्रालिले जनाएको छ ।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...