नेकपा एमाले कास्कीद्धारा मतदाता तथा शुभेच्छुकहरुमा धन्यवाद व्यक्त

author

समाचारपाटी

३ years अगाडि


पोखरा । नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीले यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागि सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष तथा नेकपा एमाले निर्वाचन परिचालन कमिटी कास्कीका संयोजक तेजनारायण अधिकारीले सोमवार एक विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले का सूर्यध्वजावाहक उम्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराउने कास्केली मतदाता, पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरुलाई हार्दिक आभार सहित धन्यवाद दिनुभएकाे हाे ।

विज्ञप्तीमा सत्ता गठबन्धनको हरेक खालको तिकडम राज्य सत्ताको दुरुपयोग समेतलाई परास्त गरी विजयी हुने नेकपा एमालेका सुर्यध्वजावाहक उम्मेदवारहरूमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

निर्वाचनको प्राप्त परिणाम अनुसार कास्की जिल्लामा प्रतिनिधि सभामा क्षेत्र नम्वर १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर पौडेल ‘बैरागी’, साथै प्रदेश सभामा क्षेत्र नम्वर १ (१) बाट खगराज अधिकारी, १(२) बाट बेदबहादुर गुरुङ ‘श्याम’, क्षेत्र नम्वर २(१) बाट भिम बहादुर कार्की र क्षेत्र नम्वर ३(१) बाट गणेशमान गुरुङ अत्यधिक मतले विजयी हुनुभएकाे छ ।

एमाले कास्कीका कार्यवाहक अध्यक्ष अधिकारीले कास्की जिल्लामा प्रतिनिधि सभाको ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा सूर्यध्वजावाहक उम्मेदवारहरुलाई विजयी गराउन सिङ्गो पार्टी पंक्ति प्रभावकारी रुपमा क्रियाशिल र परिचालित रहदा रहदै पनि प्रदेश सभा क्षेत्र नम्वर २(२) र ३(२) मा अपेक्षाकृत मत परिणाम प्राप्त गर्न नसकेको बताएका छन् । तर कस्केली मतदाताहरुको अपार माया, ममता र विश्वास नेकपा एमाले प्रति रहेकै कारण प्रतिनिधि सभाको तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्रमा पार्टीले लोकप्रिय मत प्राप्त गरेको अधिकारीले विज्ञप्तीमा उल्लेख गर्नुभएकाे छ । ‘कास्की जिल्लामा नेकपा एमाले पहिलो पार्टी बन्न पुगेको छ । विज्ञप्तीमा भनिएको छ–‘कास्केली जनताको माया, ममता र मतदाताहरुको पुर्ण विश्वास नेकपा एमाले प्रति रहेको पुन प्रमाणित भएको छ ।’

साथै प्रतिनिधि सभा र प्रदेश सभाको यस निर्वाचनमा जनताले दिएको मतादेशले राष्ट्रियता, स्वाधिनता, लोकतन्त्र र देशको समृद्धिका लागि सिंगो एमाले पक्तिलाई अझै प्रतिबद्ध भएर अगाडि बढ्ने प्रेरणा मिलेको विज्ञप्तीमा जनाईएको छ ।

यसैविच शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मतदानमा खटिएका सम्पुर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, सञ्चार माध्यम लगायत सम्पुर्णमा एमाले कास्कीले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।


काठमाडौं

शुक्रबार, असार २७, २०८२

२०.७७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ