“दुःख गरेर बनाएको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नु चिन्ताको विषय”:- चुडामणि भण्डारी

author

समाचारपाटी

२ महिना अगाडि

हरि बास्तोला, पाेखरा । कुनैबेला आँपको चौतारमा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका वडा नं १७ महतगौडामा अहिले भने सामुदायिक विद्यालयमा नै माध्यमिकतह सम्मको शिक्षासँगै बनबिज्ञान समेतको अध्ययन अध्यापन भैरहेको छ ।

शिक्षाको अपरिहार्यता महसुस गर्दै यहाँका स्थानीयवासी आजभन्दा झण्डै छ दशक अघिसम्म यहाँका आँपका चौतारा हुँदै खरले छाएको छाप्रोमा पढ्ने गरेकोमा अहिले भने भौतिक रुपमा सुविधासम्पन्न जानकी माध्यमिक विद्यालयमा पठनपाठन भैरहेको छ । आँपको चौतामा पढाइभैरहँदा घाम तथा पानीको समस्या परेपछि तत्कालीन समयमा घरघरबाट चारमुठा खर र एउटा बाँस संकलन गरी छाप्रो बनाएर पढाउन थालिएको ८८ वर्षीय चुडामणि भण्डारीलाई झलझल्ती याद आउँछ ।

आफ्नो समयमा गाउँमा पठनपाठन सुरु नहुँदा दोपहरे मामाको घरमा बसी कृष्तीनाच्ने चौरमा बाह्रखरी पढेको अनुभव सुनाउँदै उहाँले त्यसै प्रेरणाबाट गाउँमा विद्यालय खोल्नका लागि सकृयता बढाइएको बताउनुभयो । विसं २०२३ तिर गाउँमा नै पढाउनुपर्ने आवश्यकता महसुस गरी आँपको चौतारामा पढाउन थालिएको र पछि व्यवस्थित गराउँदै लैजाने क्रममा खर तथा बाँसको प्रयोग गरी छाप्रो बनाइएको उहाँले सुनाउनुभयो ।

विद्यालयले संस्थागत रुपमा भने झण्डै डेढ दशक पछि मात्रै २०३५ सालमा सरकारी मान्यता प्राप्त गरेको हो । विद्यालय रहेको जग्गा सम्बन्धमा पनि लामो समयसम्म विवाद भएको स्मरण गर्दै भण्डारीले त्यसका सम्बनधमा आँफू लगायतले ११ वर्षसम्म
तारिक बोक्नुपरेको दुःखेसो सुनाउनुभयो ।

“यहाँको विद्यालय स्थापना गर्न महतगौंडावासीको धेरै श्रम र पसिना खर्चिएको छ”, उहाँले भन्नुभयो, “दुःख गरेर बनाएको विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थी संख्या घट्नु चिन्ताको विषय बनेको छ ।” गाउँका स्थानीयले निजी विद्यालयमा आफ्ना बालबच्चा पठाउन थालेका कारण पनि सामुदायिक विद्यालयमा केवल विपन्न, मजदुरका बालबालिका मात्रै पढाउने प्रचलन बढ्नुले राज्यको शिक्षाप्रतिको लगानी पनि अवमूल्यन भएको उहाँको भनाइ छ ।

महतगौडाकै ९४ वर्षीय चन्द्रकान्त भण्डारी आँफूहरूले पढ्न नपाएपनि सन्ततीका लागि शिक्षाको उज्यालो घाम लागोस् भन्ने उद्देश्यले विद्यालय खोलेको बताउनुहुन्छ । “तत्कालीन समयमा धनञ्जय भण्डारी तत्कालीन गाउँ मुखीया, देवदत्त भण्डारी , दानबहादुर मगर, धनराज सुवेदी, प्रेमलाल भण्डारी, नरहरि भण्डारी,जितबहादुर भण्डारी,धर्मदत्त भण्डारी लगायतको विद्यालय खोल्नमा ठूलो योगदान छ”, उहाँले भन्नुभयो, “समाजलाई सचेत बनाउनका लागि गरिएको प्रयासले यस क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”

तत्कालीन समयमा कसैको गाइबस्तुले खेतबाली खाइदिएमा तिर्नुपर्ने अर्मल समेत सम्बन्धित व्यक्तिले नलिइ स्कुल सञ्चालनका लागि जम्मा गर्ने गरेको उहाँले स्मरण गराउनुभयो । वन विज्ञान पढाई सञ्चालन पछिल्लो समय सामुदायिक विद्यालयले प्राविधिक शिक्षामा जोड दिइरहेको वर्तमान अवस्थामा यस विद्यालयमा तीन बर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ ।

गण्डकी वहुप्राविधिक शिक्षालयको सहकार्यमा सिटिभिटीको अनुमति प्राप्त गरेर कास्कीमा पहिलो वन विज्ञान पढाई शुरु गरिएको यस सामुदायिक विद्यालयमा पहिलो बर्षमा १६ जना विद्यार्थी र आठ जना शिक्षक शिक्षिका अध्ययन अध्यापनमा आवद्ध हुनुहुन्छ ।

तीन बर्षको कोर्षका लागि कूल एक लाख २५ हजार शुल्क लिने गरिएको वन विज्ञान कार्यक्रम संयोजक शंकरराज भण्डारीले जानकारी दिनुभयो । विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको पढाईलाई प्रभावकारी एवम् गुणस्तरीय वनाउन पोखरा महानगरपालिकाले प्रयोगशाला स्थापनार्थ १५ लाख रुपैया वजेट विनियोजन गरेको छ । विद्यालयमा कूल तीन सय ५७ जना विद्यार्थी अध्ययरत छन् ।

पढदै सिप सिक्दै विद्यार्थी कापी कलम लिने विद्यार्थीका कलिला हातले चक्कुको सहयोगले वाँसका सामाग्री निर्माण गरि बिक्री वितरण समेत गर्दै आएका छन् । पढाईसंगसंगै सिप विकासमा जोड गर्दै आयआर्जन गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गरिएको हो । बाँसका सामाग्री निर्माणमा कक्षा ८ र ९ का विद्यार्थी संलग्न छन् ।

विद्यालयमा बेलावखतमा हुने औपचारिक कार्यक्रममा समेत विद्यार्थीद्धारा निर्माण गरिएका वाँसका सामाग्री अतिथिहरुलाई मायाको चिनो प्रदान गरिदै आएको विद्यालयका सहायक प्रधानाध्यापक कमल आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको पढाईलाई पहिलो प्राथमिकता दिंदै फुर्सदिलो समयमा उत्पादित सामाग्री पोखरा र आसपासमा हुने विभिन्न
मेला महोत्सवमा स्टल राखेर विक्रि वितरण गर्दै आएको छ ।

अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा १६ हजार मूल्य वरावरको सामाग्री विक्री गरिएको उहाँको भनाई छ । विद्यालयको ४५ र्औ बार्षिकोत्सव जानकी माध्यमिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले बार्षिकोत्सवको उद्घाटन गर्दै समाज र राज्यको ठूलो लगानी भएका
सामुदायिक विद्यालयले भौतिक विकाससंगै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने आवश्यकता औल्याउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडाअध्यक्ष राधिका शाही योगी, विभिन्न राजनैतिक पार्टी प्रतिनिधि, अक्षयकोषदाता, छिमेकी विद्यालयका व्यवस्थापन एवम् प्रधानाध्यापक लगायत बिभिन्न शिक्षाप्रेमी, सामाजिक व्यक्तित्वहरुले शिक्षाको महत्व माथि चर्चा गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले बार्षिक प्रगति र कोषाध्यक्ष अमित वानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विद्यार्थीद्धारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । सो अवसरमा शैक्षिक तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार तथा मेडल वितरण गरिएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

बुधबार, चैत्र १५, २०७९

१७.१५°

-
Haze

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने...

नेपाल–भारतबीच सम्बन्धका नयाँ आयाम बिस्तार हुँदैछन् : मन्त्री किराँती

गठबन्धनको बैठक आज बस्ने, मन्त्रीपरिषद् विस्तारका बारे छलफल हुने

प्रधानमन्त्रीले विश्वासको मत लिएको ८ दिन बित्यो, अझै मन्त्रिपरिषद्...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्यो, कलाकारलाई...

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ सार्वजनिक

फिल्म ‘कामिनो’मा बर्षा,नीति,सौगातदेखि भोलासम्म

नरहरि प्रेमी र प्रज्ञा अधिकारीको ‘तिमीलाई हेरेर’ सार्वजनिक (भिडियो...