कानूनमाथि हास्य कलाकार राजा राजेन्द्रको भद्दा मजाक, दर्शक आलोचित

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । कलाकारले हासीमजाक, व्यंग्य गर्न पाउँछन् । त्यहाँमाथि हास्य कलाकारको त पेशा नै हो, जतिसक्दो दर्शक र श्रोतालाई हसाउनु र आफ्नो पहिचान बटुल्नु । तर कार्यक्रममा प्रश्तुती दिइरहँदा आफूले के बोल्दैछु भन्ने हेक्का राख्नुपर्छ ।

कार्यक्रममा आफू हौसिएर के गर्दैछु र के बोल्दैछु भन्ने ख्याल नहुँदा कलाकारहरु विवादमा आउँछन् नै । यसलाई जतिसुकै लुकाराखौँ भनेपनि सकिँदैन । सामाजिक कुरीति, कुसंस्कार, समाजका अन्य गतिविधिमा हाँसिमजाक गर्नु कुनै नौलो कुरा होइन र हुनेपनि छैन । तर कसैको अदालतमा मुद्दा परेको छ, सुनुवाई भएको छैन भने त्यसमा हासिमजाक गर्नु कति सम्मको लज्जाको विषय हो, भनिरहनु पर्दैन । केही समयअघि अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा नै बालगायिका कमला घिमिरेले आफ्नो लाइभ दोहोरी गीत विवादित बनेपछि माफी माग्नुपरेको थियो ।

उनी त्यो बेला धेरै नै आलोचित बन्न पुगेकी थिइन् । लाइभ दोहोरीमा उनले जबर्जस्ती करणीबारेका दुई घटनालाई व्यंग्य गर्दै ‘घुम्न जाउँ तलतिर १० लााख लिएर’ गीत गाएकी थिइन् जो आलोचित भएको थियो । उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप लागेको थियो । उक्त गीत उनले सुमन परियारसँग मिलेर गाएकी थिइन् । बाल कलाकारको मगजले भ्याएन, यो एक मनोभावले मान्न सकिएला तर कानूनले मनोभाव चिन्दैन र गल्ती गरेपछि सजायको भागिदार हुुनपर्छ नै । 


तर नाम कमाएका र पचिान बटुलिसकेका कलाकारको यस्तो प्रश्तुतीले के देखाउँछ ? हास्य कलाकारलाई जुनै विषयमा पनि व्यंग्य गर्न छुट छ । यहाँसम्मकी व्यक्तिगत चरित्रमाथि पनि दावा गर्न सक्नछन् । हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आईतवार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रममा प्रश्तुती दिने क्रममा यस्तै प्रश्तुती थियो । शुरुवाती प्रश्तुतीमा उनले म्युजिक अवार्डका निर्णयक स्वरुपराज आचार्यमाथि केही व्यंग्य गरे । 


उनले भने, ‘स्वरुप दाई पहिला सेमि क्लासिकल आउनुभयो, त्यसपछि सुगम संगीत, त्यसपछि अहिले आइपुग्दा त, ओई डाँडा घरे साइँली, मैले हत्ते गरेर के गर्ने ? अब अर्को पटक पक्का’
यसमा कुनै विवादित कुरा नै छैन । हास्य कलाकारले यसरी रमाइलो गर्न पाउँछन् नै तर कसैको व्यक्तिगत पहिचानमाथि धावा बोलेर हासी मजाक गर्नु अभिशाप सिद्ध हुन्छ । उनी यत्तिमा रोकिएनन् । त्यसपछि उनले शंकर थापाप्रति उनको व्यंग्य थियो । त्यसपछि श्रीकृष्ण बम मल्लप्रति उनको व्यंग्य तेर्सियो । त्यसपछि उनी कानूनतिर तेर्सिए । उनले गीत संगीत मुटु र कानून दिमागले बनाउने उल्लेख गरे । 


उनले भने, ‘कानूनले भन्छ, बिहेवारी, २० वर्षपारी, गीत संगीतले भन्छ, १६ वर्षे जोवनले होसै उडायो । त्यत्तिले मात्रै नभएर अझ थपेर गीत आउँछ, १६ पुगि १७ लागेँ, मनले के के माग्यो, माग्द गरोस् म त केही दिन्न अब ।’


त्यसपछि उनले भने, केटाहरु पनि अब लोभि हुन सिकाैँ । उनले थपे हिजो माला लगाएको मान्छे, भोलि फलामको बाला लगाएर जेलभित्र ताला लगाइदिन्छन् । उनले पहिला छोरी मान्छेको इज्जत तरबारको धारमा र आजभोलि छोरा मान्छेको इज्जत सियोको टुप्प्पोमा भएको बताए । उनले को कतिबेला कहाँ जाकिन्छ भन्ने थाहा नहुने बताए । उनले सामाजिक सञ्जालमा अहिले पहिला छोरी जोगाउन गाह्रो भएको र अहिले हुर्केका छोरा जोगाउन गाह्रो भएको कुरा लेखेर कतिपयले शेयर गर्ने गरेको बताए । उनले युवकहरुलाई सावधान हुनपनि आग्रह गरे । साथै गीतको भर नगर्न र गीत बनाउँदा पनि ध्यान दिन आग्रह गरे । देशमा कानून भएकाले सकभर नराम्रा काममा नजान पनि उनको आग्रह थियो ।  


उनले भने, ‘घरमा पो कोही छैन, देशमा कानून छ, कर्याप्प पार्छ, जोगिनुपर्छ, अर्को एउटा भाइ कन्फ्युज भएर गीतमा सोधिरहेको छ, मायालुले आउ भन्छ बेलुका, जाउँ की नजाउँ हो ? जाँदै नजानु । कुमार बस्नेत दाईले त्यो बेला गाउनुभएको यो गीत, त्यसबेला यो गीत अलि महिलाप्रति बायस भयो भन्ने लागेको थियो, आईमाईमा मान्छेको हुँदैन भर, लै बरी लै लै बरी लै’
उनले कुमार बस्नेतको गीतलाई कोट्याउँदै अहिले उक्त गीत हो की हो की जस्तो लागेको भन्दै कमेडी गरे । त्यसपछि शुरु भयो पीडितलाई थप पीडा थप्ने उनको व्यंग्य । उनले पहिला बनेको उखान छोरा मान्छेको तलव नसोध्नु, छोरी मान्छेको उमेर नसोध्नु भन्ने उखान फेर्न आग्रह गरे । 
उनले भने, ‘पहिला एउटा उखान थियो, छोरा मान्छेको तलव नसोध्नु, छोरी मान्छेको उमेर नसोध्नु, तर अब फेर्नुहोस्, केटी मान्छेको उमेर सोध्नुस्, केटा मान्छेको तलव पनि सोध्नुस्, यसकारण क १८ कटेको थाहा पाउन र केटा मान्छेको तलव पनि सोध्नुस्, कुरा नमिलेको दिनमा कतिसम्मको मुद्दा हाल्न मिल्छ त्यो थाहा हुन्छ ।

’ 
उनले केटी मान्छेको उमेर १८ कटेको थाहा पाउनका लागि सोध्न र केटा मान्छेको तलव कुरा नमिलेको दिनमा कति सम्मको मुद्दा हाल्ने हो थाहा पाउनका लागि पनि सोध्न आग्रह गरे । उनी यत्तिमै सिमित रहेनन् । आज भोलि सिधै काम हुने र रेट नै तोकिएको उदाहारण दिए, केही समयअघि मात्रै उक्त गीतकै कारण विवादित बनेकी बालगायिका कमला घिमिरेले गाएको गीत, ‘घुम्न जाउँ तलतिर १० लाख लिएर, सोल्टी बजार’ गाएरै सुनाए । उनले कानूनको धारा र उपधारामा पनि हिसाव नमिलेको भन्दै सन्दीपको २० लाख पुगेको भन्दै कानूनको मजाक उडाए । उनले फेरि त्यसपछिको अनुसन्धानबाट आफूले थाहा पाएको कुरा भन्दै तलतिर घुम्न गए १० लाख र नगरकोटतिर गएर माथि पुगेर सन्दीपले गरेको गल्तीलाई २० लाख भनेर कानूनको भद्दा मजाक उडाए । 
उनले भने, ‘मास्तिर गएपछि त २० लाख, घुम्न जाउँ तलतिर १० लाख लिएर, घुम्न जाउँ मास्तिर २० लाख लिएर’ उनले आफैँ गीत बनाउँदै गए, गाउँदै गए जसमा दर्शक हासिरहे । 
उनले भने अफ्ठ्यारो स्थिति भएकाले केटाहरुले सोच्नुपर्ने बताए । उनले केटी मान्छे करेन्ट भएको र अझै १८ वर्ष मुनिको केटी भनेको बिजुलीको नाङ्गो तार भएको बताए । उनले फेरि थपे, ‘बत्ती कुन बेला आउँछ भन्ने हुँदैन, जुन बेला आएपनि करेन्ट लाग्छ । केटाहरु डराउनु पर्दैन, आफूले गल्ती नगरीकन किन डराउनु । तर गीत कानून अनुसार मिलाउनुपर्दो रहेछ, एउटा भाईले गषएको गीत यस्तो सोलिट रहेछ, गीतले के भन्छ भने, गाईलाई गोठ रेलिमाई घोडालाई तबेला, जाला जोवन रेलिमाई नगर अबेला ।’
गीत मीठो भएको तर कानून अनुसार गीत नमिल्ने उनको भनाइ थियो । कानून अनुसार सुधार्दा उनले गाएको गीत भिडियोमा नै स्पष्ट सुन्न सकिन्छ की कतिसम्म अपाच्य छ, उनको हाउभाउ र संकेतले नै स्पष्ट गर्छ । उनले १८ वर्ष पुगेको र नपुगेको थाहा पाउन निर्वाचनमा कसलाई भोट हालेको ? भन्ने प्रश्न गरे सहज उपायबाट उमेर थाहा हुने उनको समाधानरुपी जवाफ थियो । 

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२३.२७°

-
Clouds