fbpx

महामन्त्री थापाको दाबीः वर्तमान सत्ता गठबन्धन माघ कट्दैन

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ ।


शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभयो । उहाँले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताउनु भयो । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताउनु भयो । उहाँले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनु भयो । उहाँले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनु भयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको । चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ । आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ । एउटा अवसर आएको छ । यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ ।’


महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन