fbpx

पोखरामा व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा महिलाहरूलाई १५ दिने चप्पल बनाउने तालिम 

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र (वि पिसी) को आयोजनामा १५ दिने चप्पल बनाउने तालिम सुरु भएको छ । 

पोखरा महानगरपालिका वडा नं. १५ मा सुरु गरिएको उक्त तालिमको वडा अध्यक्ष बोध बहादुर कार्कीले उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै अध्यक्ष कार्कीले तालिमले महिला दिदीबहिनीहरूको सीप विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिलाहरूलाई आर्थिक सशक्तीकरण सहित अर्थोपार्जनका गतिविधिमा सहभागी बनाउन आवश्यक रहेकामा जोड दिँदै अध्यक्ष कार्कीले वडावासीहरूको क्षमता विकासका लागि यस्ता प्रकारका कार्यक्रमहरू निरन्तर हुनुपर्ने बताउनुभयो । 

व्यवसाय प्रवर्द्धन केन्द्र (वि पिसी) का प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सिप विकास सहितको रोजगारी सृजना आजको आवश्यकता भएको बताउनुभयो । महिला दिदीबहिनीहरूलाई सिप सिकाउँदै उद्यमशील बनाउने र आयआर्जनका लागि हौसला प्रदान गर्दै सहुलियत दरमा ऋण तथा अनुदानका कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिनुभयो । महानगरपालिका भित्रको बेरोजगार समस्यालाई न्यूनीकरणका लागि विशेष गरी महिला तथा युवाहरूलाई उद्यमसँग जोड्ने गरी महानगरपालिका अगाडी बढेको उहाँले बताउनुभयो । 

तालिममा सविता श्रेष्ठ रञ्जित र सुविना विसुङ्खे लगायतले प्रशिक्षण गर्नुहुनेछ । तालिममा १० थरिका चप्पलहरू बनाउन सिकाइने छ । तालिममा ३ आमा समूहका ३० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ । तालिम पोखरा महानगरपालिका वडा १४ स्थित रामेश्वरकी आमा समूहको भवनमा सञ्चालन भइरहेको छ । 

वडा स्तरीय व्यवसाय प्रवर्द्धन समिति पोखरा १४ की संयोजक शान्ता देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महिला सदस्य तनुजा थापा सिके र सञ्चालन सुजता शर्मा ढकालले गर्नुभएको थियो ।


काठमाडौं

सोमवार, बैशाख २४, २०८१

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन