‘नेपाल विद्यार्थी संघको अबको एजेण्डा नेपालमै युवाहरुलाई उद्यमशील बनाउने, युवाहरुलाई टिकाउने’:-आरजु राणा

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताउनुभएको छ । 

मंगलवार ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताउनु भयो । उहाँले नेपाली सेनाको डेटाहरु आफूले टर्की पुग्ने गरेको जानकारी पाएको उल्लेख गर्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्यांकहरु चोरी हुने खतरा रहेको उल्लेख गर्नुभयो । हालै मात्र पनि सरकारी वेबसाइट ह्याक भएको उल्लेख गर्दै सरकारले गरेको काममा आईटी क्षेत्रका विद्यार्थीहरुले थप अध्ययन गर्न आवश्यक रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो । जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’ 

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेबिसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरुलाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताउनु भयो । उहाँले नेपालले साइबर सुरक्षाका लागि आफ्नै किसिमको अध्ययन र अनसन्धान गरी आफ्नै प्रविधि विकास गर्न जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘नेपाल विद्यार्थी संघको अबको एजेण्डा शैक्षिक एजेण्डा, सामाजिक एजेण्डा, युवाहरुलाई उद्यमशील बनाउने र नेपालमै युवाहरुलाई टिकाउने, जलवायु परिवर्तनको एजेण्डामा हामी अघि बढ्नेछौँ ।’

त्यस्तै पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरुको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बतउनु भयो । उहाँले कार्यक्रमले ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेण्ट, त्रिभुवन विश्वविद्यालयको ढिलो नतिजा प्रकाशन सम्बन्धीका बारेमा पनि समस्या समाधानका लागि कार्यक्रम आयोजना गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रोग्रामिङ स्किल यहाँ हामीले देखाउन सक्छौँ । समाजमा भोगिरहेका सहस्याहरु त्यो समस्या विद्यार्थी तहबाट कसरी समाधान गर्नसक्छौँ भन्ने बारेमा यो कार्यक्रम गरेका हौँ । ढल व्यवस्थापन, ट्राफिक म्यानेजमेण्ट, नतिजा छिटो प्रकाशन गर्नेकुरामा विद्यार्थीको तहबाट प्रोग्रामिङ स्किलले कसरी समाधान गर्नसक्छौँ भन्नेबारेमा यो कार्यक्रम गरेका हौँ ।’

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरु समाधान गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको थियो ।

newsagencynepal

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

१ सय ७२ जनाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए

‘तर प्रधानमन्त्रीका रुपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा...

‘प्रधानमन्त्रीलाइ नयाँ गाडी चलाउन दिँदा स्टार्ट गर्न नपाउँदै पुरानोमा...

प्रधानमन्त्रीले प्रश्ताव प्रश्तुत गर्दै

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मन्त्री किराँतीको शब्द रचना रहेको ‘पहराकी फूल’ सार्वजनिक

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंश आचार्यको शब्द, संगीत र स्वर...

चेलिबेटी बेचबिखनको सन्देशसहित हरिवंशआचार्यको शब्द, संगीत र स्वर रहेको...

नवगायक सन्तोष खत्रीले ल्याए कर्मचारीको तलब सम्बन्धी गीत ‘१५...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, चैत्र ६, २०७९

१२.७२°

-
Rain