fbpx

‘प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ,केही गरौं भन्ने इच्छाशक्तिका साथ उहाँले काम गरिरहनुभएको छ’:-प्रभु साह

author

समाचारपाटी

२ years अगाडि

आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताउनुभएको छ । 

सरकारमा जाने तयारीमा रहनुभएका उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालबारे सो प्रतिक्रिया दिनुभएको हो । शुक्रवार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुलुक चुनौतिपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा त्यसमा सुधार हुने र विकास तथा निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले जनताले बैंकबाट ऋण लिन नपाउने अवस्थाका अन्त्य गर्न सरकार गम्भिर हुने आशा आफूले गरेको पनि बताउनु भयो । 

अध्यक्ष साहले भन्नुभयो, ‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ । हामीले आशा राखौं–उहाँको कार्यकालमा यो चुनौतिहरुमा सुधार होस् । यो गतिहरुमा नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छां । अहिले मुलुकमा पैसाको हाहाकार छ । किसान मारमा छन् । प्रधानमन्त्री निवास, संसद भवन निर्माणको अवस्था बेहाल छ । जनताले धितो राखेर पनि बैंकबाट पैसा पाइराखेको छैन । उत्पादनको लागि पैसा पाइराखेको छैन । पाएको पैसा पनि बैकिङ मनोमानीले जनतालाई थला पारिसक्यो ।’

अध्यक्ष साहले कृषि पेशालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र मुलुकको राष्ट्रिय स्वाधिनतालाई जोगाउन पनि आफूहरुले पार्टी एकता गर्नु परेको पटकपटक दोहो-याउनु भयो । क्रान्तिकारीहरु एकतावद्ध भएमात्रै मुलुकमा जनताको आवश्यक्ता अनुसारको काम गर्न सकिने अवस्था आउने भएकाले आफूहरुले पार्टी एकताको कामलाई पनि शुरु गरेको उहाँको भनाई थियो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर