fbpx

चर्चित गायिका एलिना चौहान र गीतकार सुरज अधिकारीको सहकार्यमा आयो ‘एक झल्को’

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ । चर्चित गायिका एलिना चौहानको 'एक झल्को' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुरज अधिकारी प्यारेको शब्द शृजना रहेको सार्वजनिक गीतमा नबिन कार्कीको संगीत रहेको छ । भिडियोले गहिरो प्रेममा रहेकी प्रेमीकाले आफ्नो प्रेमीको सम्झना गर्दै उनी बिना बाँच्नै नसक्ने भाव ब्यक्त गर्छिन् ।

सँगै रुने, सँगै हाँस्ने र सँगैसँगै बाँच्ने र सँगै मर्ने साथीको साथको वर्णन गरिएको गीतको भिडियोमा गायिका एलिना चौहान नै फिचर छिन् । गाढा आकाशे रंगको पोशाकमा सजिएकी एलिना मज्जैले खुलेकी छिन् । जसमा उनले आफ्नो मायालु बिना एक पल पनि बाँच्न नसक्ने कुरालाई जोड दिएकी छिन् । खासमा यो गीत गीतकार सुरजले आफ्नी प्रेमीका प्रभा बस्नेतलाई सर्मपित गर्दै लेखेका हुन् । जोसँग उनले पछि विबाह गरे । जुन गीत सुरजले प्रभाकै जन्मदिनमा सार्वजनिक गरेका हुन् ।

बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन लक्ष्मन चौहानले गरेका हुन् भने छायांकन जनक वलीले गरेका हुन् । भिडियो गीतकार सुरजकै अफिसियल च्यानल सुरज प्रभा (एसपी) प्रोडक्सनबाट बजारमा आएको हो । पेशाले सिभिल इञ्जिनियर हुन् गीतकार सुरज । परिवारसहित क्यानडामा रहेका सुरजले यसअघि ए माया जूनकीरी बोलको गीतको भिडियो निर्माण गरिसकेका छन् । जसमा उनकै छोरी अनुसा अधिकारीको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=rpUKJDShVcM


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन