fbpx

पोखरा रिठेपानीमा लटल फ्लावरको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीको साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुवेदार मेजर जगवहादुर गुरुङले कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिनुभयाे । उहाँले बदलिंदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिनुभयाे ।

कार्यक्रममा प्रिन्सिपल बिकल पौडेलले भावी योजना सहित प्रगति विवरण प्रस्तुत गर्नुभएकाे थियाे । उहाँले विद्यालयका संस्थापक कमल खड्का र देवी खड्काले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको दावी गर्दै अझै थप उचाइमा विद्यालयलाई लैजान सबैको सकारात्मक सहयोग आवश्यक रहेकामा जोड दिनुभयाे ।

विविध साँस्कृतिक कार्यक्रमका साथै गत शैिक्षक सत्रका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको कार्यक्रममा विद्यालयका इञ्चार्ज रामप्रसाद अभिकारीले मन्तव्य राख्नुभएकाे थियाे । कक्षा ११ की विद्यार्थी बर्षा तामाङले विद्यार्थीका तर्फबाट स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कक्षा ११ का संयोजक बिष्णुहरि पौडेलले तथा पुरस्कार वितरणका छुट्टा्छुट्टै विधाका कार्यक्रम मा वि इञ्चार्ज रामकृष्ण आचार्य, प्रा वि इञ्चार्ज हेमा पुन, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सहसंयोजक लक्ष्मी गरुङले गर्नुभएकाे थियाे ।

शिक्षक लक्ष्मी घिमिरे र विद्यार्थी सुदिक्षा सुनारले कविता वाचन, विद्यार्थी जस्मीन श्रेष्ठले भाषण गर्नुभएकाे थियाे । बिद्यालय ब्यवस्थापन समितिमा रहेर योगदान गरेका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । हाल विद्यालयमा सात सय विद्यार्थीहरु अध्ययनरत छन् ।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन