fbpx

नुवाकोटमा सयौं क्युफिट सालको काठसहित पाँच जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

नुवाकोट । नुवाकोटमा विभिन्न स्थानबाट अवैध रूपमा कटान गरिएका सयौं क्युफिट सालको काठसहित पाँच जना पक्राउ परेका छन्। उनीहरूलाई शिवपुरी र सुर्यगढीबाट नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ।

शिवपुरी गाउँपालिका–८ मा बा ४ ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिनुभयाे। उहाँका अनुसार सो स्थानबाट बरामद गरिएको सालको काठ एक सय आठ कयुफिट रहेको छ।

सालको काठ, मिनिट्रकसहित काजिवहादुर तिवारी, शोभित थपलिया र वसन्त तामाङलाई पक्राउ गरिएको अधिकृत कोइरालाले बताउनुभयाे।

यस्तै, सूर्यगढी गाउँपालिका–३ फलाटे नजिकै २६ थान सालको रुखको २१० गोलिया अर्थात सात सय क्युविट सालको काठसहित नन्दबहादुर तामाङ र चन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ।

annapurnapost


काठमाडौं

बिहिबार, बैशाख २०, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन