fbpx

पूर्व मिस नेपाल अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर

author

समाचारपाटी

१ year अगाडि

मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बन्नुभएकाे छ । शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भए सँगै उहाँ

औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्। यस अघिकी ब्राण्ड एम्बेस्डर पुजा शर्माको कार्यकाल सकिए सँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राएको हो।

सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले उपस्थित सबैलाई धन्यवाद दिनुभयाे। सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उहाँले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताउनुभयाे। जिसीले राइटपाथको आगामी यात्रा उनी सँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गर्नुभयाे।

कार्यक्रममा बोल्दै इक्यानका पूर्व अध्यक्ष विष्णुहरि पाण्डेले व्यक्तिगत र इक्यानका तर्फबाट शुभकामना दिनुभयाे । आफूले दुई दशक अघि देखि यो क्षेत्रमा बसेर हेर्दा सही समयमा सही निर्णय गर्ने संस्थाका रूपमा राइटपाथलाई पाएको भन्दै उहाँले गुणस्तरीय सेवाका लागि संस्थाले जसरी आफूलाई स्थापित गरेको छ त्यो अझै कायम रहोस् भन्ने शुभकामना दिनुभयाे।

ब्रान्ड एम्बेस्डर बनेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मि श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिनुभयाे । आफू मिस नेपाल बनिसकेपछि फेशन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनर समेत भएको बताएकी उहाँले आफू पनि सहिमार्ग (राइटपाथ) मा हिँड्न खोजेको बेला संस्था सँग जोडिएको भनाई राख्नुभयाे। कुनै ब्राण्ड सँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकता सहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गर्नुभयाे। गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडी लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयाे।

राइटपाथका फाउन्डर सिइओ फिलिप डिसीले अस्मि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरका रूपमा जोडिएकोमा धन्यवाद दिनुभयाे । उहाँले आफ्ना मेहनती कर्मचारीहरू तथा सबै शुभचिन्तकहरूको साथका कारण संस्था यो स्थानमा आइपुगेको भन्दै निरन्तरको साथ सहयोगका लागि आभार प्रकट गर्नुभयाे। गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा लिएर स्थापना भएको र आजसम्म नारा अनुसारकै काम गर्दै आएको उहाँको दाबी थियो। अस्मि श्रेष्ठ सँगको सहकार्यले आगामी एक वर्ष भित्र विभिन्न गतिविधिहरू हुने र त्यसले विद्यार्थीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको उहाँको भनाइ थियो ।

पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङको ९ वटा शाखा कार्यालय रहेका छन्। राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो।


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन