fbpx

बिटी कपः उपाधिका लागि एट टु नाइन र लामागाउँ भिड्ने

author

समाचारपाटी

१ year अगाडि

पोखरा । बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र लामागाउँ गुम्बा एफसी भिड्ने भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एट टु नाइन एफसीले एलसी ब्रदर्शलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

एट टु नाइन एफसी र एलसी ब्रदर्शबीच भएको पहिलो सेमिफाइनल खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा एट टु नाइन एफसी ३–२ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा एट टु नाइनका धुव्र घिमिरे, किरण मगर र जीवन गुरुङले गोल गरे । यस्तै एलसी ब्रदर्शका विशाल गुरुङ र अजित गुरुङले गोल गर्दा धिरज मगरको पेनाल्टी एट टु नाइनका गोल किपर राज गुरुङले विफल पारिदिए । दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसीले रामघाट रामघाट
एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।

दोस्रो सेमिफाइनल खेलमा लामागाउँ गुम्बा एफसी र रामघाट रामघाट एफसीबीच भएको खेल गोलरहित निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा लामागाउँ गुम्बा एफसी ३–२ गोलले विजयी बन्यो । पेनाल्टी सुटआउटमा लामागाउँ एफसीका मनिष क्षेत्री, सनिम थापा र युनिक तामाङले गोल गरे । भने यस्तै रामघाट एफसीका अमृत कुँवरले गोल गर्दा लामागाउँका गोल किपर अञ्जन क्षेत्रीले राहुल गुरुङको पेनाल्टी विफल पारी दिए ।

सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधिका एट टु नाइन एफसी र बीच भोलि बिहीबार प्रतिस्पर्धा हुने खेल संयोजक रामकाजी गुरुङले बताए । उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन