fbpx

नेपालले टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा वेष्टइण्डिज ए सँग अन्तिम खेल खेल्दै

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं । नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२:१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ । आजको खेल नेपाललाई विश्वकप अघिको तयारी हुनेछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । तर, त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको थियो ।

नेपालले चार खेलमा नै टस हारेर पहिला फिल्डिङको निम्तो पाएको थियो । यदि आज नेपालले टस जितेको खण्डमा पहिला ब्याटिङ गर्ने पक्का जस्तै छ । नेपालले चौथो खेलमा विश्राम गरेका करण केसीले आज मौका पाउन सक्छन् । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट प्रदर्शन चाहन्छ ।

यस सिरिजमा कप्तान रोहित पौडेलले खेलेका तीन खेलमा ११२, ७१ र ८२ रन बनाएका थिए । रोहित बाहेक अन्य ब्याटरको प्रदर्शन आएको छैन । विश्वकप अघि नेपाल सबै ब्याटरबाट प्रदर्शन चाहन्छ । उता नेपाल भ्रमणमा आएका ओपनर जोनसन चाल्र्स, स्पिन अलराउण्डर गुणाकेश मोती र रोश्टन चेश वेष्टइण्डिजको टी–२० विश्वकप टोलीमा परेका छन् । सिरिज जितेको वेष्टइण्डिज विना दबाब खेल्नेछ ।

नेपाली टोली यस खेलपछि आज राती नै वेष्टइण्डिज जाने कार्यक्रमछ । त्यहाँ केही अभ्यास गरेर नेपाल अमेरिका खेल्न आउनेछ । विश्वकप २ जुनदेखि सुरु हुनेछ । नेपालले ४जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...