काठमाडौं । प्रतिनिधिसभाका निर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ ढंगले संसद चलाउने बताउनुभयो।
सभामुखमा निर्वाचित भएपछि संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले संसद्लाई निष्पक्षताका साथ सञ्चालन गर्ने बताउनुभयो।
बिहीबारको संसद् बैठकबाट उनी १६७ मतसहित सभामुखमा निर्वाचित हुनुभएको छ।