fbpx

नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको वृहत् नागरिक आन्दोलनले विज्ञप्ति मार्फत भनेको छ ।

यो घटनाले नेपालको राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भइरहेको आपराधिक क्रियाकलापलाई उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै बुधबार दिउँसो ३ बजे भद्रकालीमा विरोध प्रदर्शन गरिने आन्दोलनले जनाएको छ ।

‘अमेरिका लैजाने नाममा सय नेपालीलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा अब रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद, नेता तथा तिनका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट भइरहेको ढाकछोपप्रति बृहत् नागरिक आन्दोलनको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ ।

गम्भीर संगठित अपराधको अनुसन्धानलाई दलीय पहुँच र राजनीतिक हस्तक्षेपका आधारम प्रभावहीन बनाउनु र दोषीलाई संरक्षण गरी उन्मुक्ति दिनु दण्डहीनताको प्रोत्साहन र कानुनी शासनको बदख्वाइँ रहेको वृहत् नागरिक आन्दोलनले जनाएको छ । ‘अपराधमा संलग्न राजनीतिक व्यवसायीहरुको उन्मुक्ति दिने राजनीतिक चलखेलविरुद्ध आम नागरिकलाई सडकमा उत्रिएर खबरदारी गर्न हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

onlinekhabar


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन