fbpx

धनराज गुरुङलाई बधाई दिंदै पद्मा अर्यालले भन्नुभयाे:- ‘सबै कुरा भुलेर जनताको सेवा गर्न प्रतिबद्ध छु’

author

समाचारपाटी

१ year अगाडि

काठमाण्डौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई नेकपा एमाले नेता पद्मा अर्यालले बधाई दिनुभएकाे छ । यद्यपि कब्जा गरिएको मतबाट गुरुङ निर्वाचित भएको भन्दै अर्यालले उक्त मतलाई नस्वीकार्ने बताउनुभएकाे थियाे । उहाँले सबै कुरा भुलेर स्याङ्जाको विकासमा सहकार्य गर्न आफू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएकाे छ ।

आइतबार बिहान सामाजिक सन्जालमा अर्यालले लेख्नुभएकाे छ, ‘हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरी खसालिएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन् । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’

मंसिर ४ को निर्वाचनमा बुथ कब्जा भएको प्रमाण भएको, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको अर्यालको जिकीर छ । त्यही मुद्दा उठाउँदै अर्यालले पुनः मतदानको माग गरेकी थिइन् । तर निर्वाचन आयोगले पुनः मतदानको माग अस्वीकार गर्दै मतगणना जारी राख्न निर्देशन दिएको थियो । शनिबार रातिको अन्तिम मत परिणाम अनुसार गुरुङ अर्यालभन्दा ५ हजार बढी मत अन्तरले निर्वाचित हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित हुनुभएका धनराज गुरुङले ३१ हजार ४ सय ६६ र पद्मा अर्यालले २५ हजार ८ सय ३९ मत पाउनुभएकाे छ ।

पद्माले सामाजिक सन्जालमा धनराजलाई शालीन र लोकतन्त्रमाथि विश्वास गर्ने नेताको रुपमा बुझे पनि निर्वाचनको दिनदेखि आफ्नो बुझाइ झुठो प्रमाणित भएको उल्लेख गर्नुभएकाे छ । ‘मैले तपाईंलाई शालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणित गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन ।’

उहाँले अब सबै कुरा भुलेर जनताको सेवा गर्न र स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताउनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘सबै कुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको विकास निर्माणमा सहकार्य गरी अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन्, तिनलाई पूर्णता दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवश्यक छन् त्यसका लागि हरदम साथ दिन तयार छु ।’


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक