काठमाडौं । बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किएको छ ।
बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको डिएसपी सुर्य थापाले बताएनुभयो ।
उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु बनाएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।
भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ । भूकम्पको क्षति बारे विवरण प्राप्त भइसकेको छैन ।