fbpx

‘एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै’–मन्त्री सरस्वती अर्याल

author

समाचारपाटी

४ महिना अगाडि

हरिप्रसाद बास्तोला, पाेखरा । गण्डकी प्रदेशका उर्जा , जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जनतालाई खानेपानी सुविधा पुर्याउने लक्ष्यका साथ प्रदेश सरकारले एक घर एक धारा अभियानलाई निरन्तरता दिंदै आएको बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. २० भलाम खोरस्थित इक्राघारी विचारी खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उहाँले शुद्ध खानेपानी जनताको नैसर्गिक अधिकारलाई प्रभावकारी कार्यान्वयमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले गण्डकी प्रदेशमा गुणस्तरी खानेपानी पुर्याउन लगभग २२ अर्व रुपैयाको आवश्यक पर्ने उल्लेख गर्दै त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
प्रदेश सरकारले १० लाख भन्दा कमका योजनालाई प्राथमिकता नदिने निर्णय गरेको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, योजना सफलताका लागि स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहन्छ ।

पूर्वमन्त्री एवम् प्रदेश सभासदस्य विन्दुकुमार थापाले जनताको आवश्यकताका आधारमा समग्र विकास निर्माणमा जुटेर प्रदेश सरकारको औचित्य पुष्टी गरेको बताउनुभयो । पोखरा २० को सडक, खानेपानी, स्वास्थ्य एवम् स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले १६ करोड लगानी गरेको जानकारी दिनुभयो ।

पोखरा २० का वडाअध्यक्ष गंगावहादुर खत्रीले सडक, खानेपानी, शिक्षा,स्वास्थ्य एवम कार्यालय भवन निर्माण लगायतमा तीनै तहका सरकारबाट २२ करोड रुपैया बराबरका निर्माण कार्य भई रहेको बताउनुभयो । विकास निर्माणमा स्थानीयवासिन्दाको सहभागिता प्रभावकारी रहने उहाँको विश्वास थियो । गण्डकी प्रदेश सरकारको एक करोड ८ लाख ४८ हजार र १० लाख ८४ हजार ८०० स्थानीय जनश्रम परिचालन गरि कूल एक करोड १९ लाख ३२ हजार ८०० को लागतमा सो खानेपानी आयोजना निर्माण सम्पन्न भएको कार्यक्रममा खानेपानी डिभिजन कार्यालय स्याबजाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७७। ०७८ निर्माण शुरु गरिएको उक्त आयोजना निर्माण सम्पन्न भएसंगै ९० घरका ४५० उपभोक्तालाई खानेपानीको सुविधा पुगेको ईक्राघारी विचारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वस्ती भन्दा एक हजार ७०० मिटर लम्वाईमा जंबगलको बीच भागबाट दुई इञ्चको पाईपमार्फत ल्याइएको पानी ५० हजार र ३० ३० लिटर क्षेमताका तीन वटा पानी टंकीमा संकलन गरिएको पानी उपभोक्ताका घरघरमा वितरणको व्यवस्था मिलाईएको छ । कार्यक्रममा आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा खानेपानी संकलन टंबकी निर्माणका लागि निशुल्क जग्गा उपलव्ध गराउने जग्गादाता र निर्माण कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो । महेन्द्र माध्यामिक विद्यालयका छात्रछात्राबाट नृत्य प्रस्तुत गरिएको कार्यक्रमा उपभोक्ता समितिका सचिव प्रजापति पौडेल, कोषाध्यक्ष माया जिसी, संगिता भण्डारी लगायतले खानेपानीको महत्व र आयोजना सम्पन्न भएपछि पुगेको सुविधाका बारेमा चर्चा गर्नुभएको थियो ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’