fbpx

एमालेद्वारा पार्टी उपाध्यक्ष नेम्वाङको निधनप्रति शोक प्रश्ताव पारित, असोज २ मा श्रद्धाञ्जली सभा

author

समाचारपाटी

८ महिना अगाडि

नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष, संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सुवाष नेम्वाङको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेको छ । 


मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले उहाँको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो । बैठकले उहाँले नेपाली राजनीतिमा पु¥याउनु भएको योगदानको कदर गर्दै श्रद्धासुमन अर्पण गरेको पार्टीका कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेले नेम्वाङको निधनमा ३ दिन पार्टीको देशभरका सबै कार्यालयहरुका झण्डा आधा झुकाउने, पार्टी केन्द्रिय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र उहाँको निर्वाचन क्षेत्र इलाममा पनि शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीका सबै जनसंगठनहरुको औपचारिक कार्यक्रम समेत ३ दिनसम्म स्थगित गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको कार्यबहाक महासचिव ज्ञवालीले बताउनु भयो । एमालेले उहाँको सम्मानमा आगामी असोज २ गते विशेष श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना गर्ने भएको छ । पार्टी केन्द्रिय कार्यालयको आयोजनामा सो कार्यक्रम पनि गर्न लागिएको कार्यबहाक महासचिव ज्ञवालीले बताउनु भयो । 

उहाँले  भन्नुभयो, ‘अत्यन्त दुःख, पीडा र शोकको बीचमा हामीले यो बैठक सम्पन्न गरेका छौं । तपाईहरु सबैलाई थाहानै छ । हाम्रो पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष र प्रतिनिधिसभामा चार पटकसम्म सभामुखको भुमिका खेल्नुभएका अत्यन्त लोकप्रिय नेता सुवाषचन्द्र नेम्वाङको आज विहान एक बजेर ५० मिनेट जाँदा हृदयघाटबाट निधन भएको छ । हाम्रो पार्टी परिवार, उहाँको परिवारमात्रै होइन, सिंगो देश उहाँको निधनबाट शोकको घडीमा डुबिरहेको बेला हामीले यो बैठक आयोजना गरेका छौं । यो बैठकले उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेको छ । र, उहाँको योगदानको मूल्यांकन गर्दै शोकप्रस्ताव पारित गरेको छ । खासगरी मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नुभएको भुमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुई दुई पटकसम्म संविधानसभाको अध्यक्षताको जुन एउटा दूर्लभ अवसर उहाँले पाउनु भयो । र, त्यो अवसर जसरी अत्यन्तै कुशलतापूर्वक उहाँले निर्वाह गर्नु भयो । सर्वाधिक महत्वपूर्ण योगदानको रुपमा हामीले मूल्यांकन गरेका छौं । त्यस्तै सभामुखको रुपमा, पार्टी उपाध्यक्षको रुपमा, संसदीय दलको उपनेताको रुपमा, असाध्यै कुशल सांसदको रुपमा, चाहे राष्ट्रिय सभामा रहँदा होस्, चाहे प्रतिनिधिसभामा, सार्वजनिक लेखा समितिको सभापतिको रुपमा । हरेक आयाममा हरेक भूमिकामा उहाँले आफूलाई अत्यन्त खरो सावित गर्नुभएको छ । मृदुभाषी, सरल र जस्तोसुकै तनावको बीचमा पनि सबै पक्षहरुलाई समन्वयमा ल्याएर एउटा सहमतिको निकास निकाल्न सक्ने ती व्यक्तित्वको अभाव नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म हुनेछ । उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा २०५६ सालदेखि उहाँले इलामबाट हासिल गर्दैै आउनुभएको विजयबाट प्रष्ट हुन्छ । २०५६, २०६४, २०७४ र २०७९ सबै निर्वाचनमा उहाँले त्यहाँका जनताको मायाबाट बहुमतका साथ विजय हासिल गर्नुभएको छ । उहाँका ती योगदानहरुको मूल्यांकन गर्दै हामीले विशेष शोकप्रश्ताव पारित गरेका छौं । त्यसबाहेक उहाँको सम्मानमा देशका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधि झुकाईनेछ । पार्टीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालयहरु, जिल्ला कार्यालयहरु र इलाममा चाहीँ उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिनेछ । पार्टी र पार्टी संवद्ध सबै जनसंगठनका औपचारिक कार्यक्रमहरुलाई हामीले तीन दिनसम्म स्थगित गरेका छौं । र, आउने असोज २ गते उहाँको सम्मानमा पार्टी केन्द्रिय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत भएको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु । उहाँको राजकीय सम्मानमा साथ अन्त्यष्टि हुनेछ ।’

एमालेले पार्टीका उपाध्यक्ष नेम्वाङलाई सर्वाधिक लोकप्रिय, सरल, मृदुभाषी, कुशल समन्वयकारी नेताको रुपमा चित्रण गरेको छ । 


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन