fbpx

मेलमिलाप विधेयक विधि शास्त्र र न्यायको सिद्धान्त बिरुद्ध छ : सचेतक शाही

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमा पेस गरेको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९” फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।

पीडकलाई उन्मुक्ति दिने र पीडितलाई मिलापत्रको नाममा अलपत्र छोड्ने गरी संविधान र सर्वोच्च अदालतको आदेश विपरित सो विधेयक आएकाले सरकारले त्यसलाई फिर्ता गर्नुपर्ने प्रमुख सचेतक शाहीको भनाई थियो । आईतवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथि बिरोधको सूचना पेस गर्दै उहाँले विधेयकमा महान्यायाधिवक्तालाई असिमित अधिकार दिएर मानव अधिकार उल्लंघनको घटनामा पनि कम सजाय दिन खोजिएकाले आफूले त्यसको बिरोध गर्नुपरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्ने र उसले मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई उन्मुक्ति दिनेगरी आएको सो विधेयक आपत्तिजनक रहेको उहाँले पटकपटक बताउनु भयो । प्रमुख सचेतक शाहीले विधेयकमा मेलमिलाप र मिलापत्रको नाममा फौजदारी कसुर लागेकालाई पनि उन्मुक्ति दिने प्रावधान राखेको जिकिर गर्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज छलफलका लागि पेश भएको विधेयकले मुलुकमा न्याय शासन कायम गर्ने कि अराजकता र दण्डहिनता अवस्था सृजना गर्ने भन्ने महत्वपूर्ण परिस्थिति सृजना गरेको छ । प्रश्तुत विद्येयकमा अन्य कतिपय विषय ठिक भएपनि यो विधेयक पीडकलाई उन्मुक्ति दिने र पीडितलाई मिलापत्रको बहानामा त्यत्तिकै अलपत्र छाडिदिने प्रावधान गरिएको छ । फौजदारी अपराधलाई मिलापत्र गर्न मिल्दैन भन्ने विधि शास्त्रको सिद्धान्त छ । विधि शास्त्रको सो सिद्धान्त विपरित हुनेगरी यस्तो विधेयक ल्याउन सकिन्छ सभामुख महोदय रु विधि र नीति हुन्छ । नीति भन्दा बाहिर मान्छे मार्दै हिँड्ने । अनि, त्यसलाई विधेयक ल्याएर त्यसलाई कार्यान्वयन गर्न सकिँदैन सभामुख महोदय । यस विधेयकमा महान्यायाधिवक्तालाई मानव अधिकारको गम्भिर उल्लंघनका प्रकृतिका घटनामा पनि कम सजाय माग गर्ने र दिने खालका असिमित अधिकार प्रदान गर्न खोजिएको छ । जुन प्राकृतिक न्यायको सिद्धान्त विपरित छ । सभामुख महोदय, महान्यायाधिवक्ता भनेको को हो रु महान्यायाधिवक्ता प्रधानमन्त्रीले नियुक्त गर्ने प्रचलन छ । र, यो विधेयक अन्तरगत अहिलेको कानून अन्तर्गत सम्माननीय प्रधानमन्त्रीमाथि फौजदारी अभियोगको मुद्दा आज पनि विचाराधिन छ । यताबाट प्रधानमन्त्रीज्युले महान्यायाधिवक्ता नियुक्त गर्ने, महान्यायाधिवक्तलाई कम सजाय दिने कानुनको अधिकार दिने, अनि दोषीहरु उन्मुक्त हुने खालको जुन प्रावधान विधेयकमा छ । यसले न्याय र विधिको शासनमाथि धावा बोलेको छ । यो विधेयकमा व्यवस्था गर्न खोजिएको कानूनी प्रावधानले फौजदारी अभियोगमा मुद्दा दर्ता प्रधानमन्त्री लगायतका उन्मुक्ति दिने खालको व्यवस्था गरिएको छ । त्यही भएर सम्मानीय सभामुख महोदय, यो विधेयक फिर्ता हुनुपर्छ । म एउटा उदाहरण दिन चाहन्छु सभामुख महोदय, २०७१ साल फागुन १४ गते सम्मानीय सर्वोच्च अदालतले तत्कालीन बिद्रोही पक्षबाट क्रुर, अमानवीय रुपबाट हत्या गरिएका शिक्षक लमजुङ दुराडाँडाका मुक्तिनाथ अधिकारीको केशमा स्पष्ट फैसला गरेर भनिएको छ सभामुख महोदय सर्वोच्च अदालतले । मानव अधिकारको गम्भिर उल्लंघनलाई क्षमायाचना दिन सकिदैन । र, फौजदारी कसुरको मुद्दामा मेलमिलाप गर्न सकिँदैन । सर्वोच्चको ठाडो आदेश छ । यो विधेयकमा क्षमायाचना दिने कुरा छ । त्यसैले यो विधेयक संविधान विपरित छ । म आज संविधान देखाउन चाहन्छु सभामुख महोदय । यो नेपालको संविधानको कुन धारा, कुन उपधारामा लेखिएको छ जघन्य किसिमका अपराध गरेकालाई फौजदारी कसुरलाई पनि तपाईको आज मेलमिलाप र मिलापत्र गरेर उनीहरुलाई उन्मुक्ति दिइन्छ भनेर लेखिएको छ रु कहीँकतै पनि लेखिएको छैन । त्यही भएर यो जुन विधेयक छ । नेपालको संविधान २०७२ को जुन मर्मभन्दा विपरित छ । त्यही भएर सभामुख महोदय, अहिले यो दृश्य मलाई झलझली याद आउँछ । हिजो स्कुल पढ्दै गरेका, स्कुलमा पढाउँदै गरेका र आज खेतमा हलो जोत्दै गरेका मान्छेको निहत्था हत्या गरियो । त्यो हत्या गरिरहँदाखेरी म काँग्रेसका माननीयज्युहरुलाई आज पनि सम्झन चाहन्छु । त्यतिखेर जुन पार्थिव शरीर थियो । त्यो शरीरमाथि काँग्रेस, एमालेको झण्डा ओढाइन्थ्यो । र, त्यतिखेर वाचा गर्दै भन्ने गरिन्थ्यो । पार्टीको विचारमा लागेकै आधारमा नागरिकको हत्या गरिन्थ्यो । अनि, भावक श्रद्धाञ्जली अर्पण गर्दै काँग्रेसका साथीहरुले भन्ने गर्नुहुन्थ्यो । तपाईलाई न्याय दिन्छु भन्नुहुन्थ्यो । न्यायभन्दा बाहिर जाँदैन भन्नुहुन्थ्यो । तर आज म भन्न चाहन्छु–यो दिन आएको छ । जब तपाई त्यतिखेर वाचा गरेका बन्धन आज फुकाउने दिन छ । मलाई आशा छ, भरोसा छ । नेपाली काँग्रेसका माननीयज्युहरुले आफ्ना कार्यकर्तालाई दिएको वचन सत्तासँग साँठगाँठ गर्दैनन भन्ने कुरा । यदी यसरी हत्या गर्दै, हिंसा गर्दै हामीले यस्ता विधेयक ल्याएर संसदमा पारित गर्दै जाने हो भने यस्तो अवस्था र यस्तो प्रथा सृजना हुन्छ भोली कुनैपनि व्यक्तिले सडकमा उभिएका मान्छेलाई हत्या गर्ने, त्यसलाई राजनीतिकरण गर्ने, राजनीतिक रङ दिने र दिनदहाडै मान्छेको हत्या हुन्छ । यो विधि शास्त्र र न्यायको सिद्धान्त बिरुद्ध छ । त्यसैकारण यो विधेयक तत्काल फिर्ता गर्न अनुरोध गर्दछु ।’
प्रमुख सचेतक शाहीले मान्छे हत्या गर्ने र त्यसलाई राजनीतिकरण गर्नेगरी आएको सो विधेयकलाई पीडित पक्षले मान्नै नसक्ने बताउनु भयो ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन