fbpx

काँग्रेस प्रवक्ता महतको दाबीः इलाम–२ मा निर्वाचन जित्छाैँ, एकतावद्ध भएर लागाैँ

author

समाचारपाटी

१0 महिना अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाममा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ । 


पार्टीको काठमाडौं क्षेत्र नम्बर २ ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सिंगो पार्टी पंक्ति एकीकृत भएर लाग्ने हो भने विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गर्नुभएको हो । प्रवक्ता महतले पार्टीको जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई पार्टीले जित्ने भएकाले उम्मेदवार दिएको पनि बताउनु भयो । उहाँले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि काँग्रेसले जित हासिल गर्न सकिने भएकाले एकतावद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औंल्याउनु भयो । 

प्रवक्ता महतले भन्नुभयो, ‘अहिले हामी दुई वटा उपनिर्वाचनमा जाँदैछौं । इलाम जिल्लामा संघीय संसदको निर्वाचनमा त्यहाँ खाली भएको ठाउँमा निर्वाचनमा जाँदैछौं । त्यहाँ यो भन्दा अगाडिको आम निर्वाचनमा पनि अत्यन्तै झिनो मत ११४ मतले मात्रै हारेको हो । डम्बर खड्का, जिल्लाको पार्टी सभापति र तुलनात्मक रुपमा युवा उम्मेदवार हामीले दिएका छौं । हाम्रो पार्टी एकीकृत भएर त्यहाँ भिडने हो भने हामी निर्वाचन जित्छौं । त्यस्तै बझाङमा पनि त्यो सम्भव छ ।’

प्रवक्ता महतले पार्टीले जनताको पक्षमा गरेका कामको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । तिल जति काम नगरेकाले पहाड जत्रो प्रचार गरेर हिँड्ने गरेको भन्दै उहाँले पार्टी कामको प्रचारमा गर्नुपर्ने विषयमा नेपाली काँग्रेस गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१८.६७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन