fbpx

‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित

author

समाचारपाटी

२ years अगाडि

इटहरी । बालबालिकाहरुको सौन्दर्य तथा बौद्धिक कलालाई प्रष्फुटन गराउँदै आइरहेको साइमन फिल्मस् एन्ड इन्टरटेन्मेन्ट, मुम्बईको प्रस्तुतिमा ओजस फिल्म एन्ड इन्टरटेन्मेन्टले आयोजना गरेको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’ चौथो संस्करणको भब्य सम्पन्न भएको छ । ग्राण्ड फिनाले कार्यक्रममा बिर्तामोडका मेयर पवित्रा महरा प्रसाईं को प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक मण्डलिमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान, भारतिय डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स -२०१०’ मा उत्कृष्ट १० सम्म पुग्न सफल नरेश वीर शिह र राठी केबुलका बजार प्रमुख सुरज दाहल रहनुभएकाे थियाे । गत ९ गते शनिबार बिर्तामोडको चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेबाट पाँच जना बिजेता छनौट गरिएको छ । जस अन्तर्गत ‘मिस पुर्वान्चल लिटिल स्टार’ को उपाधी सन्ध्या राजबंशीले हात पार्नुभयाे भने ‘पुर्वान्चल राइजिङ स्टार’ को उपाधी इसान मुखियाले जित्नुभएकाे छ ।

यस्तै ‘लिटिल मिस पुर्वान्चल स्टार’ को उपाधी कृषला चापागाईंले हात पार्दा ‘लिटिल पुर्वान्चल राइजिङ स्टार’ को उपाधी मिकफुङ लिम्बुले हात पार्नुभएकाे छ । ग्राण्ड फिनालेबाट चिना श्रेष्ठले ‘भिवर्स च्वाइस’को उपाधी हात पार्नुभएकाे छ । बिजेताहरुले भारतको ‘सारेगमप लिटिल च्याम्प्स’मा फर्स्ट रनरअप भएका बाल गायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतमा फिचर्ड हुने मौका पाउने छन् भने आयोजक कम्पनीबाट निर्माण हुने फिल्म ‘प्रधान द लिडर’ मा अभिनयको मौका पाउने छन् । यस्तै साइमन फिल्मसले नै आयोजना गर्ने फिल्म अवार्ड ‘फ्लायर्स फिल्म अवार्ड’मा आफ्नो प्रस्तुती देखाउने मौका पाउने कार्यक्रम निर्देशक साइमन राजबंशीले बताउनुभयाे ।

ग्राण्ड फिनालेबाट सव टाइटल समेत वितरण गरिएको छ । आरोही रायमाझीले ‘बेस्ट स्माइल’, इस्मिका थापाले ‘मोस्ट क्युट’, रिया बस्नेतले ‘मोस्ट डिसिप्लेन’, जेविका राजबंशीले ‘मिस बोब्ली’, मिकफुङ लिम्बुले ‘मोस्ट क्युरियस’, कृषला चापागाईंले ‘मोस्ट कन्फिडेन्ट’, रिचल चौधरीले ‘मोस्ट ओबिडियन्ट’, दिप्सना बराइलीले ‘मोस्ट स्टाईल’, रोसेली शर्माले ‘मोस्ट कृयटिभ’, सुलभ ढुंगेलले ‘मोस्ट फ्रेन्ड्ली’, हसना अलि मगरले ‘मोस्ट फोटोजेनिक’, आरशी कार्कीले ‘मोस्ट चार्मिङ’, चिना श्रेष्ठले ‘बेस्ट पर्सनालिटीञ, एकता ढकालले ‘मोस्ट ट्यालेन्ट’, सन्ध्या राजबंशीले ‘मोस्ट इन्टेल्याक्चुल’ र इसान मुखियाले ‘बेस्ट पफर्मर’को सव टाइटल जितेका छन् ।

१६ जना बालबालिका बिच गराइएको प्रतिष्पर्धाको कोरियोग्राफि आशिमा दुतराजले गर्नुभएकाे थियाे भने कार्यक्रमको ब्यवस्थापन रविना राजबंशीले गर्नुभएकाे थियाे । फाइनल कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी परिकला फोटोग्राफीले गरेको हो भने बालबालिकाको फोटोसुट क प्रोडक्सनले गरेको हो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन