एमालेको महासचिव शंकर पोखरेलको जिल्ला दाङमा एमालेले हार्‍यो सबै सिट

author

समाचारपाटी

२ years अगाडि

दाङ । एमालेको महासचिव बनेपछि शंकर पोखरेलका लागि यो आम चुनाव प्रतिष्ठाको विषय थियो । तर गृहजिल्ला दाङका संघ प्रदेश गरी सबै निर्वाचन क्षेत्रमा एमाले हार्न पुगेको छ । दाङमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै गठबन्धनले जित निकालेको हो ।

प्रभावशाली नेता र भविष्यको प्रधानमन्त्रीका सम्भावित आकांक्षीमध्ये एक ठानिनुभएका स्वयं महासचिव पोखरेल पनि दाङ २ बाट गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग झिनो मतअन्तरले पराजय हुनुभयाे ।

माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतले पराजित हुँदा शंकरले २६ हजार ६८१ मत ल्याउनुभयाे । रेखाले भने २६ हजार ८७७ मत ल्याउनुभयाे ।

महासचिव पोखरेलको यो हारले राष्ट्रिय राजनीति तरंगित भएको छ । महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र पनि सन्नाटा छाएको छ ।

निर्वाचनमा होमिदै गर्दा पाँच दलीय गठबन्धन हराउँदै महासचिव पोखरेलसहित सबै क्षेत्रमा जित निकाल्ने एमालेको दाबी थियो । तर दाङका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा एमालेलाई गठबन्धन भारी पर्‍यो । फलतः एमालेले सबै निर्वाचन क्षेत्रमा हार व्यहोर्नु पर्‍यो ।

दाङका प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी हुनुभयाे । दाङ–१ को प्रतिनिधिसभा सदस्यमा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी हुनुभएकाे छ । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाउनुभयाे ।

दाङ– ३ मा पनि एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी हुनुभयाे । उहाँले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गर्नुभयाे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाउनुभयाे । तीन वटै निर्वाचन क्षेत्रमा परिणाम गठबन्धन सामु एमाले कमजोर देखिन्छ ।

प्रदेशसभा तर्फ पनि गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । दाङ–१ कै प्रदेश ‘क’ मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजित थारु विजयी हुनुभएकाे छ । प्रदेशसभा ‘ख’ मा पनि गठबन्धनका कुलबहादुर केसीलाई हराउँदै कांग्रेसका अनुराग खड्का विजयी हुनुभएकाे छ ।

दाङ– २ का प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धन विजयी भएको छ । प्रदेश ‘क’ नेकपा एमालेका बलीभद्र रानालाई हराउँदै कांग्रेस राजु खनाल विजयी हुनुभयाे । प्रदेश ‘ख’ पनि एमालेका गिरिराज केसीलाई पराजित गर्दै कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टु विजयी हुनुभयाे ।

दाङ–३ ‘१’ र ‘२’ मा पनि गठबन्धनले एमालेका उम्मेदवारलाई हराए । प्रदेशसभा ‘क’ मा एमालेका घनश्याम पाण्डेलाई हराउँदै कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी हुनुभयाे भने प्रदेश ‘२’ एमालेका हुकुम बस्नेतलाई हराउँदै धनबहादुर ‘मास्की’ विजयी हुनुभयाे । यसले दाङमा एमाले पत्तासाफ हुने देखाउँछ ।

source:-onlinekhabar


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन