fbpx

गण्डकी सरकारको नीति तथा कार्यक्रम हेर्नुहोस् यस्तो पूर्ण पाठ

author

समाचारपाटी

११ महिना अगाडि

कास्की । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८० र ८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज आइतवारको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषिमा जोड दिएको छ । नीति तथा कार्यक्रममा गण्डकी सरकारले क्यान्सर पीडित बिरामीलाई थप एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भरतपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा प्रदेश मातहतका अस्पतालमा उपचार गर्दा थप एक लाख सहयोग गर्ने प्रदेश प्रमुख गुरुङले बताउनुभयो । यस्तै ६० वर्षमाथिका र १० वर्षमुनिका नागरिकको ओपीडी र ल्याब परीक्षण निःशुल्क गर्ने कार्यक्रम ल्याइएको छ ।

मुटुरोगका बिरामीलाई डायलासिसमा पालो कुर्नपर्ने अवस्थालाई शून्यमा झार्ने सरकारको लक्ष्य छ । अस्पतालबाहिर हुने सुत्केरीलाई शून्यमा झार्ने, प्रदेशभित्रका सबै अस्पतालमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

कृषिमा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिने, उत्पादनका आधारमा सहुलियत दिनेलगायतका कार्यक्रम रहेका छन् । त्यसैगरी गण्डकीमा विद्यार्थीको बहुप्रतिभाको पहिचान गर्न ुफ्राइडे फर फ्युचरु कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थीका शैक्षणिकबाहेक अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा पहिचान कार्यक्रम आयोजना गर्न लागिएको हो । यस्तै प्रदेशभित्रका सामुदायिक क्याम्पसलाई कार्यसम्पादनका आधारमा अनुदान उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा एक निर्वाचन क्षेत्र एक सडक, पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण, मुस्ताङमा हाई अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औँ पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, राजनीतिक दलहरूले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम आएको सरकारले जनाएको छ ।

प्रदेश सरकारले पहिलो पाँच वर्षे कार्यकाल पूरा गरी छैटौँ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको हो । रोजगारी, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेर प्रदेशवासीले महसुस गर्ने गरी नीति तथा कार्यक्रम आएको सरकार पक्षका नेताहरू बताउँछन् । विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले भने केन्द्र सरकारको जस्तै हुबहु नीति तथा कार्यक्रम आएको प्रतिक्रिया दिनुभयो ।

आर्थिक वर्ष २०८० र ८१ का लागि नीति तथा कार्यक्रम

https://drive.google.com/file/d/1N8yRu1yu5Q28sRG-4mttg9mF6hPa7bY3/preview


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’