fbpx

माओवादीले सत्ता गठबन्धनसँग छलफल गरेरमात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने

author

समाचारपाटी

७ महिना अगाडि

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सर्वदलिय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने भएको छ । 

सोमवार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने निर्णय भएको हो । त्यस्तै संशोधन प्रश्ताव दर्ता अघि सत्तारुढ गठबन्धनका दलहरुसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उहाँले बताउनु भयो । त्यसैगरी बैठकमा संयुक्त राष्ट्रसंघका महासचिवले असोज २७ गतेको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएकाले सो दिन सबैले सहभागिता जनाउने कुरा पनि भएको उहाँले बताउनु भयो । संसदको चालु अधिवेशन अन्त्यपछि सांसदहरुले जनतासँग जोडिने काम गर्न र सरकारले गरेका कामहरु जनतालाई जानकारी दिन पनि भनिएको उहाँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो – ‘विद्यालय शिक्षा ऐनबारे हिजोदेखि संशोधन राख्नको लागि ७२ घण्टाको समय सुरु भइरहेको छ । त्यो संशोधन कसरी राख्ने ? त्यसका बारे आज मुख्य छलफल थियो । प्रधानमन्त्रीले सर्वदलिय बैठक, सबै प्रमुख सचेतकहरुलाई लाई पनि प्रधानमन्त्री कार्यालयमा बोलाउनुभएको छ । त्यसैमा नेपालको विद्यालय शिक्षालाई कसरी लैजान सकिन्छ भन्ने बारेमा पनि छलफल हुन्छ । त्यहाँपनि मोटामोटी विषयवस्तुहरु अगाडी बढ्छन् । त्यसबाट के निचोड निस्किन्छ त्यसको आधारमा हामी अझै सत्तापक्षका सबै गठबन्धन दलहरुसँग कुराकानी गरेर यसमा हामीले संशोधन राख्नुपर्छ भन्ने कुरा भएको छ । संशोधनहरुले माननीयहरुले आ–आफ्नो ठाउँबाट पनि राख्ने । समितिमा व्यापक छलफल गर्दा थप कुरा गर्दै जाउँला भन्ने कुरा भयो । संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउँदै हुनुहुन्छ । उहाँले २७ गते शनिवार ४ बजे संघीय संसदलाई सम्बोधन गर्दै हुनुहुन्छ । त्यसमा सहभागिता जनाउने कुरा भयो । दोस्रो अधिवेशनको अन्त्य पछि माननीयहरु आ–आफ्नो कार्यक्षेत्रमा जानुपर्ने हुन्छ, जनतासँग जोडिने, सरकारले गरेका कामहरुका बारेमा जनतालाई जानकारी दिने र जनताको टिप्पणी लिएर फेरी सदनमा प्रश्तुत हुने भनिएको छ ।’

प्रमुख सचेतक पाण्डेले बैठकले इजरायलमा निधन भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको बताउनु भयो । घटनामा परि घाइते भएकाहरुको उपचार, नेपाल फर्किनेहरुलाई नेपाल फर्काउन र शव ल्याउनका लागि पहलकदमी लिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । 


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक