fbpx

आज विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै,पाँच लाख सहभागी हुने अनुमान

author

समाचारपाटी

८ महिना अगाडि

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ ।

५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो ।

विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुने आयोजक समितिले जनाएको छ ।

वि.सं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै विभिन्न नगरका प्रमुख पनि सहभागी हुनेछन् । रथयात्रामा सहभागी हुन नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर आइसकेका छन् ।

आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयाे ।

अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताउनुभएकाे थियाे । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयाे ।

प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ ।

onlinekhabar


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक