युवक मारिएको घटना बिरुद्धमा सुर्खेतमा युवाहरूद्वारा विरोध प्रदर्शन

author

समाचारपाटी

१ year अगाडि

वीरेन्द्रनगर । बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनाको बिरुद्धमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा युवाहरूद्वारा विरोध प्रदर्शन गरिएको छ। स्थानीय युवाहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनमा युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन्।

शनिबार दिउँसो सडकमा उत्रिएर यहाँका स्थानीहरूले गरेको प्रदर्शनले वीरेन्द्रनगर बजार तनावग्रष्त बनेको थियो। उनीहरूले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरू राख्दै नाराबाजी गरेका थिए।

सडकमा टायर बालेर सवारी साधन आवतजावतमा रोक लगाएका थिए। वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाको निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको थियो। मंसिर १९ गतेदेखि आन्दोलनरत युवामध्ये १८ जनालाई मात्रै आवेदन भर्न इपिएस शाखाले बिहीबार आह्वान गरेपछि अन्य युवाहरू भड्किएका थिए।

भड्किएका युवाको अनियन्त्रित भिड र प्रहरीबीच झडप हुँदा शुक्रबार दुई जनाको ज्यान गएको हो। झडपमा ज्यान गुमाउनेमा दैलेख महाबु गाउँपालिका-६ रानीवनका २३ वर्षीय सुजन राउत र अछाम चौरपाटी गाउँपालिका-१ सिउडीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन्।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन